News Portal

  • बक्तृत्वकला प्रतियोगितामा मोर्डनकी छात्रा समिक्षा खनाल प्रथम

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १६ मङ्सिर २०७९
    ९६८ पटक
    भक्तपुर, १६ मङ्सिर २०७९

    ”शिक्षामा प्रविधिको प्रयोग, आजको आवश्यकता” विषयक बक्तृत्वकला प्रतियोगितामा मोर्डन बोर्डिङ्ग स्कूलकी छात्रा समिक्षा खनालले प्रथम स्थान प्राप्त गरेकी छन् । शुक्रवार सम्पन्न प्रतियोगितामा उनी प्रथम हुन सफल भएकी हुन् ।

    खनाल मोर्डनमा कक्षा १२ मा अध्ययनरत रहेकी छन् । अन्तिम प्रतिस्पर्धाका लागि छनौट भएका ११ प्रतिस्पर्धीलाई पछि पार्दै उनी प्रथम भएकी आयोजकले जनाएको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान) भक्तपुरको आयोजना र विनायक शिक्षा निकेतन, थिमिको सहकार्यमा उक्त बक्तृत्वकला शुक्रवार सम्पन्न भएको हो ।प्रतियोगितामा हिसान भक्तपुरसंग आवद्ध विद्यालयका विद्यार्थीहरु सम्मिलित थिए ।

    प्रतियोगितामा काठमाडौ वर्ल्ड स्कूलकी अन्जु त्रिपाठीले द्वितीय र मोर्डनकै सृजन बस्नेतले तृतीय स्थान प्राप्त गरेका हिसान भक्तपुरका अध्यक्ष अनिल कस्पालले जनाएका छन् । अध्यक्ष कस्पालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नवनिर्वाचित बागमती प्रदेश सभा सदस्य डा राजेन्द्रमान श्रेष्ठले प्रतियोगितामा प्रथम द्वितीय र तृतीय स्थान प्राप्त गर्न सफल प्रतियोगी विद्यार्थीलाई पुरस्कार वितरण समेत गरेका थिए । उक्त अवसरमा आयोजकले प्रमुख अतिथि श्रेष्ठलाई प्रदेश सभा सदस्य निर्वाचित भएकोमा सम्मान पत्र समेत प्रदान गरेको थियो ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...