News Portal

  • छोटो समयमा धेरै उपलब्धि हासिल गर्नु नै वास्तविक उपलब्धि: सांसद गोसाई

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २१ मङ्सिर २०७९
    ६७८ पटक
     भक्तपुर, २१ मङ्सिर २०७९

    बाग्मती प्रदेशका नवनिर्वाचित सांसद सुरेन्द्रराज गोसाईले छोटो समयमा धेरै उपलब्धि हासिल गर्न सक्नु मात्र वास्तविक उपलब्धि हुने भएकोले कलेजले भौतिक, शैक्षिक, प्राज्ञिक र व्यवस्थापकीय क्षेत्रमा छिटो प्रगति गर्नेमा विश्वास व्यक्त गरेका छन् । मंगलबार सम्पन्न भएको वागीश्वरी कलेजको दशौं कलेज सभामा उनले सो विश्वास व्यक्त गरेका हुन् ।

    आजकल कुनै पनि संस्थामा कार्यरत व्यक्तिले कति समय पुस्तकालयमा बिताउँछ भन्ने आधारमा पनि त्यस संस्थाले कस्तो जनशक्ति उत्पादन गर्छ भन्ने अनुमान गर्न सकिने भनाईलाई उद्धृत गर्दै उनले समाजमा हुने गरेको अन्धविश्वासलाई चिर्नको लागि बौद्धिक वर्गले ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।

    देशको समसामयिक विषयवस्तु, विभिन्न समस्या तथा चुनौतीहरुबारे नियमित रूपमा मासिक अन्तरक्रिया गरी कलेजलाई चिन्तनको चौतारी बनाउन जोड दिंदै सांसद गोसाईले समाज परिवर्तनको लागि तयार हुने विद्यार्थी उत्पादन गर्नेतिर ध्यान दिन समेत आग्रह गरेका छन् ।

    कार्यक्रमका सभापति एवं कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले प्रगतिसँगै शत्रु बढ्ने भएकोले कमीकमजोरीलाई निरुत्साहित गर्दै अगाडि बढ्नुपर्ने बताएका छन् । जे गर्छ अब भक्तपुरले गर्छ भन्ने जनताको विचारलाई देशव्यापी बनाउन नेमकिपाले देशको अधिकांश जिल्लामा उम्मेदवारी दिंदा कसैको विरोध नभएको उनले स्पष्ट परे ।

    भक्तपुर नगरपालिका प्रमुख प्रजापतिले भने, “नेमकिपाले भक्तपुरमा अवलम्बन गर्दै आएको समाजवादउन्मुख प्रणालीलाई देशभरबाट नियालिरहेको छ । ठूला राजनीतिक दलको विचारहीन, सिद्धान्तहीन राजनीतिबाट देश अस्थिर हुन्छ ।”

    भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले युवा पुस्तालाई समेट्नका लागि अनुसन्धानमा जोड दिंदै भक्तपुरको असल अभ्यास अध्ययन गर्न पाकिस्तानबाट भक्तपुर नगरपालिकाको भ्रमण हुनुबाट भनपा अन्तर्राष्ट्रियस्तरमै परिचित भएको स्पष्ट परेका छन् ।

    भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र बनाउने नेमकिपाको उद्देश्यलाई पूर्ति गर्न ख्वप विश्वविद्यालय स्थापना गर्न भक्तपुरका जनता सङ्घर्षरत रहेको हुँदा हरेक कोणबाट वागीश्वरी कलेजको तर्फबाट पनि सहयोग हुने उनको विश्वास छ ।

    वागीश्वरी मावि व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र ज्याख्वले नयाँ पुस्तालाई समसामयिक विषयवस्तुबारे जानकारी गराउँदै गलत बाटोमा जानबाट रोक्ने प्रयास गर्नुपर्ने बताए ।

    कार्यक्रममा कलेजका प्राचार्य धनकुमार श्रेष्ठद्वारा प्रस्तुत शैक्षिक वर्ष २०७८/२०७९ को कलेजको वार्षिक प्रगति प्रतिवेदन, आ.व. २०७९/०८० को बजेट तथा आ.व. २०७८÷०७९ को अन्तिम लेखा परीक्षण प्रतिवेदन बैठकले अनुमोदन गरियो ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...