News Portal

  • मन पर्ने रोटि य:मरी

    निशा कुस्मा भक्तपुर, २२ मङ्सिर २०७९
    १६९ पटक
     भक्तपुर, २२ मङ्सिर २०७९

    आज मङ्सिर शुक्ल पूर्णिमाको दिन अर्थात् य:मरी पुन्ही । के हो त यो य:मरी ? कसरी, कहाँ र कसले सुरु गर्यो त यो य:मरी बनाउन ?

    नेवा समुदायमा मङ्सिर शुक्ल पूर्णिमाको दिन तयार परिने एक प्रकरको रोटि हो य:मरी । य:मरी भनेको मन पर्ने रोटि भन्ने चलन रहेको संस्कृतिविद् ओम धौभडेल बताउँछन् । उनले भने,”यःमरी’ को ‘यः’ भन्नाले नेपाल भाषामा सबैलाई मनपर्ने र ‘मरी’ भन्नाले रोटी भन्ने बुझिन्छ । त्यसैले यमरीलाई मनपर्ने रोटी पनि भन्ने चलन छ ।”

    य:मरी विशेष गरी नयाँ धानको पिठो बाट बनाउने गरिन्छ । नयाँ धानको पिठोमा तिल र चाकुको मिश्रण राखेर तयार परिन्छ र पानीको बाफले मात्र पकाउने गरिन्छ ।

    धौभडेलले य:मरीको आफ्नै आकार तथा प्रकार रहेको बताएका छन् । आकार अनुसार अर्थ पनि फरक फरक नै छ । “यमरी लड्डु र त्रिकोणात्मक गरेर दुई प्रकारको हुन्छ । लड्डु आकारको यमरी पहिलेदेखि प्रचलनमा रहेको छ । यसमा एकातिर चुच्चो परेको हुन्छ । माथिल्लो भागतिर डाँफे चराको सिंग देखिन्छ, जसलाई ‘मायो यमरी’ भनिन्छ । अर्को त्रिकोणात्मक यमरीलाई ‘बायो’ भनिन्छ ।”

    उनले दिएको जानकारी अनुसार “मायो य:मरी” भनेको स्त्रीलिङ्गी र “बायो य:मरी” भनेको पुलिङ्गीको रुपमा सकिन्छ । यमरी एक खानेवस्तु मात्रै नभएर यसभित्र जीवन्तता रहेको संस्कृतिविद् धौभडेल बताउँछन् । जसको संकेत मायो र बायो हो ।

    मायो य:मरी भित्र तिल र चाकुको झोलामात्र हुन्छ भने बायो य:मरीमा खुवा, मुगीको झोललगायत अन्य खाध्द्य परिकार राखेर पनि बनाउन सकिने उनले बताए । उनी भन्छन्, “अचेल बायो य:मरीमा किमा हालेर पनि बनाउन थालेको छ ।” संस्कृतिविद् धौभडेलले आजको दिन नेवा: समुदायमा नयाँ धानको चामलको पिठोबाट बनेको य:मरीलाई अन्नपूर्ण देवी वा लक्ष्मीको प्रतिक स्वरुप ढुकुटीमा राखेर पूजा गर्ने समेत चलन रहेको बताएका छन् ।

    यमरीको सम्बन्ध पनौती नगरसँग पनि जोडिएको छ । उनले सुनाए, “परापुर्व कालमा पाञ्चाल देश थियो । त्यस देशमा शुचेन्द्र बैस भन्ने एक जना दानी बस्थे रे । बैसले आफु संग भएको जे भए पनि दानमा दिने गर्थे । उनले गरे दान देखेर धनको देव कुबेरको मनमा पनि इर्श्या जाग्यो । मनमा इर्श्या जागेका कुबेर मङ्सिर शुक्ल पूर्णिमाको दिन एक गरिबको भेषमा शुचेन्द्रको बैसेको घर पुगी मग्न बसे । शुचेन्द्रको दम्पतीले आफ्नो घरमा रहेको मिठोमसिनो खाने कुरा ति गरिबलाई दिए । शुचेन्द्र दाम्पतिले दिएको खानेकुरा खाएपछि ति गरिवको मन प्रशन्न भएछ । गरिब को भेष मा आएका कुबेर आफ्नो असली रुपमा आएपछि चामलको पिठोमा चाकु र तिलको लड्डु हालेर बनाएको मायो बायो रोटिलाई बिमिरो सहित ढुकुटीमा राखेर चार दिन पछि हेर्नु तिमीलाई केहि फल प्राप्त हुन्छ भनेर गएछ । कुबेर्ले भने जस्तै गरी चार दिन पछि ढुकुटी हेर्दा अथाह रुपले सम्पति वृद्धि भएछ ।” यसरी सम्पति वृद्धि भएको कुरो सबै तिर फैलियो र नेवा: संस्कृतिमा चामलको पिठोमा चाकु र तिलको लड्डु हालेर य: मरी बनाएर खाने प्रचलन बन्यो भन्ने किम्बंदन्ति पाईएको धौभडेलले बताएका छन् ।

    इतिहास हेर्दा यःमरी पुन्ही एक अमूर्त सम्पदा रहेको धौबडेल बताए । उनका अनुसार काठमाडौं उपत्यकामा नेवा: समुदाय बसोबास गर्न थालेको समयदेखि यःमरी पुन्हीको विकास भएको पाइन्छ ।

    स्वास्थ्यको हिसाबले पनि यो एकदमै लाभदायी छ । चिसो मौसममा चाकुले तातो बनाउँछ । नेवार समुदायमा आजको दिन यःमरी सुरुमा भगवानलाई चढाएर पूजाआजा गर्दै मनाउने गरिन्छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरका बासिन्दा श्रेष्ठ बागमती प्रदेश सरकारका प्रवक्ता

    बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकार प्रवक्ताको जिम्मेवारी पाएका छन्...

    साहित्यकार पदम विश्वकर्मा सम्मानित

    अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बोर्ड अफ ट्रस्टीका अध्यक्षमा निर्वाचित भएका साहित्यकार पदम विश्वकर्मालाई राजधानीका...

    नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा नर्सिङ्ग पढाउछौं : सांसद थापा

    durlab

    प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले मध्यपुर थिमि नगरपालिकाको नेपाल कोरिया मैत्री नगर अस्पताललाई स्वास्थ्य शिक्षासंग...

    मिटरब्याजी पीडितको माग सम्बोधन गर्ने गृह मन्त्रालयको आश्वासन

    मिटरब्याजी पीडितका समस्या समाधान गर्ने आश्वासन गृह मन्त्रालयले दिएको छ । मिटरब्याजी पीडितलाई भेट्न टंगाल...

    नेपालको अन्धोपन न्यूनीकरणमा नेत्रज्योति संघको भुमिका महत्वपुर्णः सभामुख घिमिरे

    प्रतिनिधि सभाका सभामुख देबराज घिमिरेले नेपालको अन्धोपन न्यूनीकरणमा नेत्रज्योति संघको भुमिका महत्वपुर्ण रहेको बताएका छन्...