News Portal

  • कृषि अर्थतन्त्रको विकासमा ज्यापू समुदायको भूमिका महत्त्वपूर्ण : प्रम देउवा

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २२ मङ्सिर २०७९
    ७१० पटक
     भक्तपुर, २२ मङ्सिर २०७९

    प्रधानमन्त्री शेरबहादुर देउवाले मेहनती र इमान्दार समुदायका रूपमा परिचित ज्यापू समुदाय नेपाली समाज र संस्कृतिको अभिन्न अङ्ग रहेको बताएका छन् ।

    उन्नाइसौँ राष्ट्रिय ज्यापू दिवस, २०७९ का अवसरमा ज्यापू संस्कृति विकास कोषले आज वसन्तपुर डबलीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले काठमाडौँ उपत्यकाको कला, संस्कृति र सभ्यताको विकासमा ज्यापू समुदायको उल्लेख्य योगदान रहेको बताए ।

    “ज्यापू समुदायका जात्रा पर्व, सांस्कृतिक गतिविधि र कला कौशल नेपालका अमूल्य निधि हुन्, ज्यापु समुदायका धार्मिक, सांस्कृतिक परम्परा, कलाकृति, सीप र रहनसहनको संरक्षण गर्नु हाम्रो साझा दायित्व हो”, उनले भने, “यस्ता महत्त्वपूर्ण संस्कृति र सभ्यतालाई संरक्षण गरी जीवन्त राख्नु र विलीन हुनबाट जोगाउनु हामी सबैको कर्तव्य हो ।”

    ज्यापु समाजले नेवार समुदायभित्र आफ्नो मौलिक कला, संस्कृति र सीपका कारण विशिष्ट स्थान बनाएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले कृषि अर्थतन्त्रको विकासमा पनि ज्यापु समुदायको महत्त्वपूर्ण भूमिका रहँदै आएको स्मरण गरे । नेपालका विभिन्न समुदायमध्ये ज्यापु समुदाय आफ्नै मौलिक र विशिष्ट परम्परा, भाषा, संस्कृति र पहिचान बोकेका समुदायका रूपमा रहेको उनको भनाइ छ ।

    “राष्ट्रिय ज्यापु दिवसका माध्यमबाट मुलुकको आर्थिक तथा सामाजिक विकासमा ज्यापु समुदायले पुर्‍याउँदै आएको योगदानलाई सबैसमक्ष उजागर गर्न, उनीहरूको संस्कृति, परम्परा र रहनसहनलाई संरक्षण र प्रवर्द्धन गर्न मद्दत पुग्ने विश्वास लिएको छु”, उनले भने । दिवसले काठमाडौँ उपत्यकाभित्र र बाहिर रहेका ज्यापु समुदाय तथा विभिन्न धर्म, संस्कृति, समुदाय र क्षेत्रसँग आबद्ध नागरिकबीच आपसी एकता, मेलमिलाप, सद्भाव र सहिष्णुता सुदृढ बनाउन पनि सहयोग पुग्ने प्रधानमन्त्री देउवाले विश्वास व्यक्त गरेका छन् ।

    काठमाडौँ उपत्यकाभित्रका ज्यापु समुदायले न्यूनतम आर्थिक, भौतिक सुविधाका बीचमा पनि आफ्नो मौलिक परम्परागत संस्कृतिलाई जीवन्त राख्न गर्दै आएको प्रयास सराहनीय रहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले नेपाल सरकारले ज्यापु समुदायको संस्कृति र परम्पराको संरक्षणका लागि ज्यापु संस्कृति विकास कोष स्थापना गर्न सहयोग गरेको जानेका छन् । सो कोषबाट प्रत्येक वर्ष राष्ट्रिय ज्यापु दिवस मनाउनेलगायतका ज्यापु समुदायको संस्कृति र सभ्यतालाई संरक्षण तथा प्रवर्द्धन गर्ने दिशामा विभिन्न प्रशंसनीय कार्यक्रम सञ्चालन हुँदै आएका छन् ।

    सीमित साधन, स्रोतका बाबजुद कोषले ज्यापु संस्कृतिको संरक्षण र संवर्द्धनका लागि निर्वाह गर्दै आएको भूमिकाको उनले प्रशंसा गरे । आगामी दिनमा ज्यापु समुदायको संस्कृति र सभ्यताको संरक्षण तथा प्रवर्द्धनका लागि आवश्यक सहयोग गर्न सरकार सकारात्मक रहेको उनको भनाइ छ । प्रधानमन्त्री देउवाले यस दिवसले नयाँ जोस र उत्साहका साथ ज्यापु समुदायलाई मुलुकको विकास र समृद्धिको यात्रामा अन्य समुदायसँग सहकार्य गर्दै अघि बढ्न तथा मुलुकमा राष्ट्रिय एकताको भावनालाई थप सुदृढ तुल्याउन सबैलाई प्रेरणा प्रदान गरोस् भनी कामनासमेत गरेका छन् ।

    संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठले नेपालको कला, संस्कृतिको विकास, सम्पदाको संरक्षणका लागि सरकारले अगाडि बढाएको कामलाई जनस्तरबाट सहयोग गर्नुपर्ने बताए । उनले उपत्यकाको संस्कृति र सम्पदाको संरक्षण तथा यहाँको सभ्यतालाई विश्वमाझ चिनाउने विषयलाई सँगसँगै अगाडि बढाइनुपर्ने जोड दिएका छन् ।

    नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पुर्खाले स्थापित गरेका मौलिक संस्कृतिलाई जोगाउन सबैले ध्यान दिनुपर्ने बताए । नेपाल भाषा, कला र संस्कृतिको संरक्षण गर्दै यसलाई जीवन्त बनाउन जनप्रतिनिधिका रूपमा आफूले निरन्तर काम गर्ने प्रतिबद्धता उनले व्यक्त गरे । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले स्थानीय कला, संस्कृतिको संरक्षणमा महानगरले सहयोग गर्दै आएको जानकारी दिए ।

    ज्यापु दिवस समारोहका संयोजक पञ्चनारायण महर्जनले राज्यस्तरबाट संस्कृतिको संरक्षण र संवर्द्धन हुनुपर्ने बताएका छन् । युवाका अधिक सहभागितामा पुस्तान्तरण भएका यी कला, संस्कृति पछिल्ला समय अन्तर्राष्ट्रियतास्तरमा पनि व्यापक बन्दै गएको उनको भनाइ छ । कोषका अध्यक्ष मङ्गलकृष्ण महर्जनले परम्परागत मौलिक पर्वलाई नेवार समुदायले अक्ष्युण राख्दै आएको जानकारी दिए । रासस

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...