News Portal

  • हस्तकला महासंघद्वारा भक्तपुरका प्रजापतिसहित १० कलाकार सम्मानित

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २५ मंसिर २०७९
    २३८ पटक
    भक्तपुर, २५ मंसिर २०७९

    नेपाल हस्तकला महासंघद्वारा हस्तकलाका ज्येष्ठ तथा वरिष्ठ कलाकारहरुलाई सम्मान गरिएको छ । राजधानीको बौद्धस्थित होटल हायात रिजेन्सीमा जारी १९ औं हस्तकला व्यापारमेला तथा १७ औं हस्तकला प्रतियोगिताको तेस्रो दिन आइतवार विशेष कार्यक्रमका बीच उनीहरुलाई सम्मान गरिएको हो ।

    सम्मानित भएका कलाकारमा भक्तपुरका ८२ वर्षीय वरिष्ठ कलाकार तुल्सीबहादुर प्रजापति सबैभन्दा जेष्ठ कलाकार रहेका छन् । उनलाई माटोजन्य कला विधातर्फ उनले पुर्याएको योगदान वापत सम्मान गरिएको छ । भक्तपुरको मध्यपुर थिमी नगरपालिकाको तहाननी निवासी प्रजापतिले सम्मानबाट आफूलाई सन्तुष्टि प्राप्त भएको प्रतिक्रिया दिएका छन् ।

    आइतवार हस्तकलाका विभिन्न विधामा संलग्न काठमाडौं उपत्यका भित्र र बाहिरी जिल्लाका १० जना कलाकारलाई सम्मान गरिएको छ । महासंघले ७० वर्ष नाघेका ज्येष्ठ तथा वरिष्ठ कलाकारहरुलाई राष्ट्रव्यापी सम्मान गरेको बताइएको छ । कार्यक्रममा महासंघ अध्यक्ष प्रचण्ड शाक्यले उनीहरुलाई सम्मान गरेका हुन् ।

    सम्मानित हुने अन्य जेष्ठ कलाकारमा कताँ ज्या विधामा आल्को ललितपुरका ८० वर्षीय धनकाजी शाक्य, कालष्ठकला विधामा बुङमती ललितपुरका ८० वर्षीय मुनीराज ब्रह्मचार्य, जडाउ कला विधामा काठमाडौं बौद्धकी ७७ वर्षीय भुवनलक्ष्मी शाक्य तथा सुनचाँदीजन्य कला विधामा ढल्को काठमाडौंका ७४ वर्षीय प्रा स्वस्तिरत्न शाक्य रहेका छन् ।

    यस्तै, पत्थरजन्य कला विधामा खाँछे ललितपुरका ७४ वर्षीय मीनराज शाक्य, ढलोट कला विधामा पोखराका ७३ वर्षीय विष्णुप्रसाद बराल, माज्यो कला विधामा क्षेत्रपाटी काठमाडौंका ७३ वर्षीय मोतीबहादुर ताम्राकार, थान्का विधामा हिलेदेवी रामेछापका ७१ वर्षीय धोर्जे लामा र तामाका भाँडाकुँडा विधामा चक्रबहिल ललितपुरका ७१ वर्षीय दिलमोहन ताम्राकार ‘ज्येष्ठ तथा वरिष्ठ कलाकार सम्मान, २०७९’बाट सम्मानित भएका हुन् ।

    कार्यक्रममा संस्कृतिको संरक्षण गर्ने उद्देश्यले कलाकारहरुलाई नेवारी परम्परा र संस्कृति अनुसार सगुन दिई खादा ओढाइएको थियो । उनीहरुलाई ताम्रपत्र प्रदान गरी सम्मान गरिएको छ भने प्रतिव्यक्ति औषधिउपचार खर्चपवापत चार हजार रुपैयाँसमेत प्रदान गरिएको छ ।

    राजधानीको बौद्धस्थित होटल हायात रिजेन्सीमा शुक्रबारबाट सुरु भएको मेला मंगलबारसम्म सञ्चालन हुनेछ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरका बासिन्दा श्रेष्ठ बागमती प्रदेश सरकारका प्रवक्ता

    बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकार प्रवक्ताको जिम्मेवारी पाएका छन्...

    साहित्यकार पदम विश्वकर्मा सम्मानित

    अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बोर्ड अफ ट्रस्टीका अध्यक्षमा निर्वाचित भएका साहित्यकार पदम विश्वकर्मालाई राजधानीका...

    नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा नर्सिङ्ग पढाउछौं : सांसद थापा

    durlab

    प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले मध्यपुर थिमि नगरपालिकाको नेपाल कोरिया मैत्री नगर अस्पताललाई स्वास्थ्य शिक्षासंग...

    मिटरब्याजी पीडितको माग सम्बोधन गर्ने गृह मन्त्रालयको आश्वासन

    मिटरब्याजी पीडितका समस्या समाधान गर्ने आश्वासन गृह मन्त्रालयले दिएको छ । मिटरब्याजी पीडितलाई भेट्न टंगाल...

    नेपालको अन्धोपन न्यूनीकरणमा नेत्रज्योति संघको भुमिका महत्वपुर्णः सभामुख घिमिरे

    प्रतिनिधि सभाका सभामुख देबराज घिमिरेले नेपालको अन्धोपन न्यूनीकरणमा नेत्रज्योति संघको भुमिका महत्वपुर्ण रहेको बताएका छन्...