News Portal

  • हस्तकला क्षेत्रमा महानगरले छलाङ मार्ने महर्जन दाबी

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २९ मङ्सिर २०७९
    ७२४ पटक
     भक्तपुर, २९ मङ्सिर २०७९

    ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले हस्तकला क्षेत्रमा महानगरले छलाङ मार्ने दाबी गरेका छन् । नेपाल हस्कतला महासंघले गत वर्षदेखि सुरु गरेको स्थापनाको स्वर्ण वर्षसम्बन्धी विभिन्न कार्यक्रमको बुधबार विधिवत रुपमा अन्त्य गरिएको कार्यक्रममा यस्तो दावी गरेका हुन् ।

    २०७८ मंसिर २८ गतेदेखि महासंघ स्वर्ण वर्षमा प्रवेश गरेको इतिहासको उपलक्ष्यमा एक वर्षसम्म विभिन्न कार्यक्रम गरी मनाइएको थियो । बुधबार राजधानीमा महासंघले स्वर्ण वर्षको समापन तथा ११ औं हस्तकला दिवस शुभारम्भ गरेको छ । कार्यक्रममा महर्जनले ललितपुर र हस्तकला पर्यायवाची रहेको उल्लेख गर्दै महानगरपालिका विश्वको ३५ औं हस्तकला सहर घोषणा हुनु गर्वको विषय भएको समेत बताए ।

    महानगरलाई विश्व शिल्प परिषद्ले हस्तकला सहर भनेर सदस्यता प्रदान गरेको छ । सदस्यता प्राप्त गरेपछि हस्तकलामा राम्रो काम गर्ने सोचमा राखेको तर, सदस्यता प्राप्त गरे पनि कोभिड–१९ का कारण राम्रो काम गर्न नसकेको महर्जनले बताए ।

    ललितपुर क्षेत्रमा उत्पादित हस्तकलाका सामानहरू राख्ने कोसेली घर पाटन ढोकामा व्यवस्थापन गरिएको र माघको पहिलो हप्ताभित्र यसको उदघाटन हुने मेयर महर्जनले बताएका छन् ।

    पर्यटनको बसाइ छोटिएको कारण हस्तकलाका सामानले बजार पाउन नसकेको उल्लेख गर्दै उनले बसाई लम्ब्याउन प्रयास गरिरहेको जानकारी दिए । सार्वजनिक खरिद ऐनका कारण विद्युतीय बस ल्याउन ढिलाइ भएको उल्लेख गर्दै उनले यसबाट पर्यटकको बसाई लम्ब्याउन सकिने बताए ।

     

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...