मोरङ उद्योग संगठनको आयोजनामा हुने लागेको ‘विराट एक्स्पो २०७९’ उदघाटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी आज मोरङको विराटनगर जाने भएकी छन् ।
राष्ट्रपतिको सवारीलाई मध्येनजर गरेर सुरक्षा व्यवस्था कडाइ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिएका हुन् ।
नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको एकीकृत सुरक्षा योजना बनाएर सुरक्षा व्यवस्था गरिएको छ । कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी एक सातासम्म सञ्चालन हुनेछ ।