News Portal

  • सात वर्षपछि उच्च अदालत भवनको पुनर्निर्माण सुरु

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २९ मङ्सिर २०७९
    ७० पटक
    भक्तपुर, २९ मङ्सिर २०७९

    वि.सं २०७२ को विनासकारी भूकम्पले क्षति पुर्‍याएको उच्च अदालत पोखरा बागलुङ इजलासको भवन सात वर्षपछि पुनर्निर्माण थालिएको छ । ३० महिनाभित्र सो अदालतको मुख्य भवन तथा आवास निर्माण सक्नेगरी ५७ करोड ४२ लाख रुपियाँमा श्यामसुन्दर पशुपति जेभी काठमाडौंले ठेक्कामार्फत काम सुरु गरिएको हो ।

    अहिले उच्च अदालतको पुरानो भवन भत्काउने कार्यले तीव्रता पाएको छ । चिरा परेको भवन प्राविधिक दृष्टिले निकै खतरापूर्ण भए पनि सात वर्षदेखि जोखिम मोलेरै न्याय सम्पादन भइरहेको थियो ।

    अहिले उच्च अदालत पोखरा बागलुङ इजालसले एक हप्तादेखि जिल्ला अदालत बागलुङबाट न्यायसम्पादन गरिरहेको छ । अहिले धमाधम भवन भत्काउने काम भइरहेको छ भने उच्च अदालतको सेवा जिल्ला अदालतको भवनबाट दिइएको उच्च अदालत पोखरा बागलुङ इजलासका रजिस्टार नेत्रप्रसाद भुसालले जानकारी दिए ।

    “अदालतको भवन निर्माणका लागि भूकम्पपछि नै पहल भइरहेको थियो, ठूलो लागत भएकाले भवन निर्माणमा बजेट आएको थिएन, अहिले ठेक्कामार्फत भवन निर्माणका लागि पुरानो भवन भत्काउने काम भइरहेको छ”, उनले भने, “न्यायसम्पादनलाई एक दिन नोरोकी जिल्ला अदालतको भवनको छतमा ट्रष्ट राखेर अस्थायीरुपमा सेवा दिन थालेका छौँ, तीन वर्षमा उच्च अदालत पोखरा बागलुङ इजलासले नयाँ भवन पाउनेमा आशावादी छौँ ।”

    उच्च अदालत पोखरा बागलुङ इजलास भएको सात रोपनी जग्गामा रु ५७ करोड लागतमा सुविधा सम्पन्न भवन उच्च अदालतको भवन र सामूहिक आवास, अथिति गृहलगायतका संरचना एकैसाथ निर्माण गर्नका लागि ठेक्कामार्फत काम थालिएको रजिस्टार भुसालले बताए ।

    प्राविधिकरुपमा बस्नै नमिल्ने अदालतको भवनलाई मर्मतपश्चात् अहिलेसम्म सेवा दिँदै आइएको थियो । जिल्ला अदालतको दुई तलाबाट अहिले उच्च अदालतको सेवा दिन थालिएको उनको भनाइ छ ।

    नयाँ निर्माण हुने अदालतको भवन प्रविधिमैत्री, अपाङ्गता मैत्री, भूकम्प प्रतिरोधी बागलुङ बजारमा निर्माण भइरहेका अन्य भवनभन्दा ठूलो र आधुनिक भएको भवन निर्माणको प्राविधिक सहयोगी सघन सहरी तथा भवन निर्माण कार्यालय बागलुङका प्रमुख सुनिता श्रेष्ठले जानकारी दिए । उनका अनुसार ‘अन्डरग्राउण्ड’सहित साढे छ तलाको उक्त अदालतको भवनमा विद्युतीय लिफ्टकोसमेत व्यवस्था रहेको छ ।

    रु ५७ करोड लागतमा निर्माण हुन थालेको उच्च अदालतमा छ वटा इजलास कक्ष हुनेछन् । रासस

    प्रतिकृया दिनुहोस्

    पहिलो पटक प्रधानमन्त्रीको बिपक्षमा मतदान गरेको नेमकिपा यसपटक तटस्थ

    एउटै कार्यकालमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुईपटक बिश्वासको मत लिएका छन् । पहिलो पटक विश्वासका...

    युट्युब च्यानललाई कारबाही गर्न प्रहरी र युट्युब कम्पनीलाई पत्राचार गर्दै प्रेस काउन्सिल

    प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिताको चरम उल्लङ्घन गर्ने ३५ वटा युट्युब च्यानललाई विशेष अनुगमनमा राखेको...

    शुक्रबार सम्म मन्त्रीपरिषद बिस्तार

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार सम्म मन्त्रीपरिषद बिस्तार गर्ने भएका छन् । बिश्वासको मत पाएपछि...

    शब्द चयन नमिलेको सभामुख घिमिरेको स्वीकारोक्ति, संसद र प्रेसबीच सुमधुर सम्बन्ध हुनुपर्ने जोड

    प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसद र प्रेससँगको सम्बन्ध सुमधुर हुनु पर्नेमा जोड दिए ।...

    स्ववियु निर्वाचनमा झडप नियन्त्रण गर्न हवाई फायर

    बाजुराको बूढीनन्दा नगरपालिका -२ कोल्टीस्थित बूढीनन्दा क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा झडप भएको छ...