News Portal

  • निबन्धकार रामकुमार पाँडे “पद्मा-श्याम गोतामे स्रष्टा सम्मान-२०७९” बाट सम्मानित

    इभक्तपुर संवाददाता
    ५०८ पटक

    वरिष्ठ हास्यव्यङ्ग्य लेखक, निबन्धकार रामकुमार पाँडेलाई ‘पद्मा-श्याम गोतामे स्रष्टा सम्मान-२०७९’ बाट सम्मानित गरिएको छ । वरिष्ठ हास्यव्यङ्ग्य निबन्धकार श्याम गोतामे तथा उहाँकी धर्मपत्नी पद्मा गौतमको नामबाट स्थापना गरिएको सो सम्मान यस वर्ष लेखक पाँडेलाई दिइ सम्मानित गरिएको हो ।

    बुधबार नेपाल स्रष्टा समाजले आयोजना गरेको कार्यक्रममा २१ हजार रुपियाँ राशिसहितको उक्त सम्मान पहिलो पटक हास्यव्यङ्ग्य लेखक पाँडेलाई प्रदान गरिएको हो ।

    समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’को सभापतित्वमा आयोजित समारोहमा गोतामेपत्नी पद्मा गौतम प्रमुख अतिथिका रूपमा हुनुहुन्थ्यो ।

    सम्मानित व्यक्तित्व निबन्धकार पाँडे, साहित्यकारहरू अशेष मल्ल, विधान आचार्य, श्रीओम श्रेष्ठ ‘रोदन’, राधेश्याम लेकाली, धीरेन्द्र प्रेमर्षि, देविका तिमिल्सिना, गोतामेकी सुपुत्री नीरा गौतमले मूर्धन्य निबन्धकार श्याम गोतामेको योगदानका बारेमा चर्चा गरेका थिए । पुरस्कृत निबन्धकार पाँडेले श्याम गोतामेको खरो स्वभाव, निडर, तीखो व्यङ्ग्य गर्ने र आफ्नै बुवालाई समेत भ्रष्टाचारको मुद्दा हाल्ने एक अनौठो व्यक्तित्व भएको स्मरण गरे ।

    कार्यक्रममा अभियान साहित्य कलाकार समाजका संरक्षक, हास्यव्यङ्ग्य लेखक तथा कलाकार डम्बर घिमिरे, साहित्यकार पशुपति दङ्गाललगायतका स्रष्टाको उपस्थिति थियो ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...