News Portal

  • ३० दिनभित्र अस्पतालमा उपस्थित नभए कारवाही हुने चेतावनी

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ३ पुस २०७९
    ३५८ पटक
     भक्तपुर, ३ पुस २०७९

    लामो समयदेखि अस्पतालमा सम्पर्कविहीन भएका कर्मचारीहरुलाई ३० दिनभित्र हाजिर हुन आउन आग्रह गरेको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर र कोभिड – १९ युनिफाइड केन्द्रीय अस्पतालले लामो समयदेखि बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित रहेको भन्दै ३० दिनभित्र हाजिर हुन आउन आग्रह गरेको हो ।

    अस्पतालले आइतबार न्याम्स अन्तर्गत एक जना चिकित्सक र पाँच जना स्टाफ नर्स, कोभिड अस्पतालतर्फ दुई जना अनमी र चार जना स्टाफ नर्स गरी १२ जना कर्मचारीहरुका नाममा सार्वजनिक सूचना जारी गरेको छ ।

    तोकिएको अवधिमा उपस्थित नभए स्वास्थ्य सेवा ऐन र प्रतिष्ठानको (कर्मचारी सेवाका सर्त तथा सुविधा सम्बन्धी) नियमावली, २०६५ को नियम १३३ को उपनियम (घ) बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ ।

    न्याम्सले सूचना जारी गरेका स्टाफहरुमा रजिष्ट्रार ट्युटर डा. सृष्टि शाह र स्टाफ नर्सहरु (पाँचौँ तहका) जमुना सिटौला, ओमदेवी पुन, शान्ति लम्साल, सम्झना श्रेष्ठ र सुशीला ढकाल रहेका छन् ।

    यस्तै, अनमीहरुमा छैटौँ तहका साहिदा सुब्बा र अनिता बसेल, पाँचौँ तहका स्टाफ नर्सहरु सकिला चौलागाईं, अन्जुकला राई, सरस्वती अर्याल र रेणुका अधिकारीलाई पनि ३० दिन भित्र हाजिर हुन आउन सूचनामा उल्लेख गरेको छ ।

    तोकिएको अवधिमा उपस्थित नभए स्वास्थ्य सेवा ऐन २०५३ को दफा ७४ (ज) बमोजिम कारबाही हुने चेतावनी अस्पतालले दिएको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...