News Portal

  • संसदीय दलको नेतामा कांग्रेसका सभापति र महामन्त्री भिड्दै

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ५ पुस २०७९
    ३५० पटक
     भक्तपुर, ५ पुस २०७९

    देशकै सबैभन्दा पुरानो र लोकतान्त्रिक दल नेपाली कांग्रेसले चुनावमार्फत संसदीय दलको नेता टुंगो लगाउने भएको छ । कांग्रेसको विधानमा दलको नेता नै प्रधानमन्त्री बन्ने व्यवस्था भएकाले दलको नेता छान्न चुनाव हुन लागेको हो । त्यसका लागि मंगलबार (आज) उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यतालिका छ ।

    कांग्रेसमा दलको नेतामा प्रधानमन्त्री शेरबहादुर देउवा र पार्टी महामन्त्री गगन थापाबीच भिडन्त हुने निश्चित भएको छ । संस्थापन पक्षबाट देउवा र इतर पक्षबाट साझा उम्मेदवार थापा तय भएका छन् । मंगलबार बिहान लाजिम्पाट र सिंहदरबारमा बसेको इतर समूहको दुईवटा बैठकले सर्वसम्मत रूपमा थापाको नाममा सहमति जुटाएको हो ।

    इतर समूहमा नेता डा.शेखर कोइराला पनि इच्छुक थिए । तर, अन्तिममा उनले थापालाई दलको नेता प्रस्ताव गरे । आजै सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा कोइरालाले थापाको नाम प्रस्तावक हुने भएका छन् । यसअघि अर्का महामन्त्री विश्वप्रकाश शर्माले आफू थापालाई प्रधानमन्त्रीको उम्मेदवारको प्रस्तावक भएको बताएका छन् । संसदीय दलको नेता बन्न थापालाई शर्माले सघाउने भएका छन् ।

    देउवा कांग्रेस सभापति हुन् । एउटै पार्टीमा सभापति र महामन्त्री दलको नेताका उम्मेदवार बन्नुलाई पुस्तान्तरणको रूपमा लिइएको छ । आजको भेलामा कोइरालाले पार्टी रुपान्तरणसँगै पुस्तान्तरणका लागि आफूले थापालाई दलको नेतामा प्रस्ताव गरेको बताएका छन् ।

    कांग्रेसबाहेक अन्य दलमा यस्तो अभ्यास देखिन्न । कम्युनिस्ट पार्टीमा त अध्यक्षको विरुद्ध अरु कोही लाग्यो भने त्यसको राजनीतिक करियर नै समाप्त हुन्छ । त्यही भएर कम्युनिस्ट पार्टीमा अध्यक्षले जे इच्छा लाग्छ अरुले त्यसमा केही नसोची समर्थन जनाउनुपर्ने हुन्छ ।

    कांग्रेसमा ८९ जना सांसद छन् । दलको नेता बन्न ४५ मत भए पुग्छ । निर्वाचनको परिणामअनुसार संस्थापन पक्षमा ५५ जना सांसद छन् । इतर समूहमा ३४ जना छन् । संस्थापन पक्ष बलियो हुँदाहुँदै पनि महामन्त्री थापाले सभापति देउवासँग दलको नेता भिड्न चाहनुलाई धेरैले सकारात्मक अभ्यासका रूपमा लिएका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...