News Portal

  • शपथ ग्रहणको कार्यक्रम दुइ दिन

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ५ पुस २०७९
    ३०१ पटक
     भक्तपुर, ५ पुस २०७९

    सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभाका नवनिर्वाचित सांसदको शपथ ग्रहण दुइ दिन हुने भएको छ । सचिवालयले ज्येष्ठ सदस्यलाई बुधबार र अन्यलाई बिहिबार दिउँसो १ बजे शपथ ग्रहण कार्यक्रम राखेको हो ।

    राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिनिधि सभाका ज्येष्ठ सदस्य ८० वर्षीय पशुपतिशमशेर जबराले भोलि शपथ लिने भएको छ । नवनिर्वाचित सांसदको शपथ ग्रहणका लागि नागरिकतामा उल्लेख भएको जन्ममितिका आधारमा जबराको नाम राष्ट्रपति कार्यालयमा सोमबार पठाएको थियो ।

    राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीले भने, ‘‘सङ्घीय संसद् सचिवालयबाट ज्येष्ठ सदस्यको नाम सिफारिस भएर हिजो सोमबार आएको छ, भोलि बुधबार दिनको १ बजे उहाँको शपथ ग्रहणको तयारी गरिएको छ ।’’

    ज्येष्ठ सदस्यको शपथग्रहण संक्षिप्त हुने र आमन्त्रित गर्नुपर्ने विशिष्ट व्यक्तित्वका बारेमा छलफल भइरहेको छ ।

    संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार, राष्ट्रपति कार्यालयले ज्येष्ठ सदस्यको शपथ गराएपछि अन्य सदस्यको शपथ गराउने तयारी सचिवालयले गर्नेछ ।

    यसैबीच, सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमले जारी गर्नुभएको अत्यन्त जरुरी सूचनामा अन्य प्रतिनिधि सभाका सदस्यको निर्वाचन बिहीबार दिनको १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने भएको छ ।

    शपथ ग्रहण भाग लिने सांसदहरूले बिहान ११ बजे नै निर्वाचित भएको प्रमाणपत्रको प्रतिलिपि, नेपाली नागरिकता र पासपोर्ट साइजका दुई वटा तस्बिर लिएर सम्मेलन केन्द्र पुग्नुपर्नेछ । साथै राष्ट्रिय पोसाक र आ–आफ्नो सांस्कृतिक पहिचान पोसाकमा आउन सांसदहरूलाई आग्रह गरिएको छ । आफ्नै मातृभाषामा शपथ लिन चाहने सांसदले शपथको ब्यहोरा आफ्नो भाषामा अनुवाद गरेर लिएर जानुपर्नेछ ।

    प्रतिनिधि सभा प्रत्यक्षबाट निर्वाचित १६५ र समानुपातिकबाट निर्वाचित ११० जना गरी २७५ सदस्यीय छ । ज्येष्ठ सदस्यलाई सभामुख निर्वाचित नभएसम्म सदन सञ्चालन गर्नुपर्ने जिम्मेवारी रहन्छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...