News Portal

  • भक्तपुरमा बढ्दै मानव अधिकार हननका घट्ना, यस्तो छ अबस्था

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ६ पुस २०७९
    ३३३ पटक
    भक्तपुर, ६ पुस २०७९

    भक्तपुरमा एक वर्षको अबधीमा हत्या, बलात्कार तथा बलात्कार प्रयास, बाल यौनशोषण तथा दुव्र्यवहार, बहुविवाहलगायतका १ सय ७९ वटा मानव अधिकार हनन एवं ज्यादतीका घटना भएको छ ।

    आज अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) भक्तपुरले आयोजना गरेको एक वर्षे घट्ना सार्वजनिक एवं नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ को वार्षिक पूर्व समीक्षा कार्यक्रममा इन्सेक भक्तपुर प्रतिनिधि रमेश गिरीले उक्त तथ्यांक सार्वजनिक गर्नु भएको हो ।

    इन्सेकले सङ्कलन गरेको तथ्यांक अनुसार सन् २०२२ जनवरीदेखि डिसेम्बर २१ सम्मको एकवर्षको अबधीमा बलात्कारको घट्ना बढेको पाईएको छ । यस अबधीमा महिला तथा बालिका गरि ५१ जना बलात्कारबाट पीडित भएका छन् । चार जना बलात्कार प्रयासबाट र तीन जना बालिका बाल यौन दुव्र्यबहारबाट पीडित भएका छन् ।

    यस अबधीमा आठ जनाको हत्या भएको छ भने १५ जनाको हत्या प्रयास भएको छ । ७० जनामाथि अभद्र व्यबहार, एक जनामा जातीय छुवाछुतबाट पीडित भएका छन् ।

    त्यस्तै बहुबिवाहबाट १५ जना महिला पीडित भएका छन् भने मानव बेचबिखनबाट पाँच जना, घरेलु हिंसाबाट चार जना, आत्महत्या दुरुत्सानमा चार जना पीडित भएका छन् । भक्तपुुरमा यो वर्ष १ सय ५३ जनाले आत्महत्या गरेका छन् । आत्महत्याको अबस्था बिकराल बन्दै गएको छ । १ सय ६८ जनाको यो वर्ष सम्बन्ध बिच्छेद भएको छ । त्यस्तै महिला, पुरुष र बालबालिका गरि यो वर्ष ४ सय ४४ जना हराएकोमा ४ सय २४ जना फेला परेका छन् ।

    यस अबधीमा गत वर्ष ८ जनाको हत्या, ३२ जना बलात्कारबाट, घरेलु हिंसाबाट ४८ जना पीडित भएका थिए । भक्तपुरमा बलात्कार, हत्या र आत्महत्या डरलाग्दो रुपमा बृद्धि भएको इन्सेक भक्तपुर प्रतिनिधि गिरीले बताए ।

    कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले ७५ प्रतिशत हिंसा घर भित्र, आफन्त र चिनेजानेकाबाटै हुने गरेको बताउँदै १८ वर्ष मुनिको बालिकाहरु बढी पीडित हुने गरेको जानकारी दिए । बहुबिवाह र बालबिवाह लगायत महिला हिंसाबाट जन्मिएका धेरै बालबालिका जोखिममा परेको बताउँदै उनले मानव अधिकार संरक्षणका लागि घरघरबाटै सचेत हुनु पर्नेमा जोड दिएका छन् ।

    स्थानीय तहले महिला, बालबालिकालगायत धेरै क्षेत्राधिकार पाए पनि त्यसलाई समूचित रुपमा व्यबस्थापन गर्न नसक्दा स्थानीय तहमा जानु पर्ने विषय जिल्ला प्रशासन कार्यालयमा आउने र त्यसको बहन गर्नु पर्ने बाध्यता रहेको उनको भनाइ छ । भक्तपुरका चारवटै स्थानय तहसँग समन्वय र छलफल गरेर अपराध रोकथाम, हिंसा न्यूनिकरण, उद्धार र पुर्नस्थपना केन्द्र स्ञ्चालन गर्ने लगायतका कार्य अगाडि बढाउने बताए ।

    त्यसअवसरमा महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक प्रजित केसीले बालश्रमका घट्ना भने प्रहरीसम्म नआउने गरेको बताउदै स्थानीय तहले त्यसमा निगरानी गर्नु पर्नेमा जोड दिएका छन् ।

    कार्यक्रममा गैरसरकारी संस्था महासंघ भक्तपुरका अध्यक्ष नारायणप्रसाद न्यौपानेले संंविधानले दिएको मानव अधिकार कार्यान्वयन गर्न र अपराध नियन्त्रणमा राज्य जिम्मेवार बन्नु पर्नेमा जोड दिए । नेपाल पत्रकार महासंघ भक्तपुरका सल्लाहकार पुष्करराज बुढाथोकीले अपराध बढ्दै जाने तर त्यको कारण पहिचान गरी घट्ना नियन्त्रणका लागि पहल नगर्ने हो भने अपराधमुक्त समाज बनाउन नसकिने बताए ।

    कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुरका सचिव संजिव शुभचिन्तकले अपराध नियन्त्रण, मानव अधिकार रक्षाका लागि स्थानीय तह, गैरसरकारी संस्था, पत्रकार महासंघलगायतका सरोकारवाला निकायसँग समन्वय गर्दै समस्या समाधानका लागि अग्रसर हुनु पर्ने औल्याए ।

    चाँगुनारायण नगरपालिकाका सूचना अधिकृत नीला घिमिरेले स्थानीय तहले बालमैत्री नगरपालिका घोषणा गरेको बताउँदै अब पालिकाहरुले आफ्नो वडावडामा मनोसामाजिक परामर्श सञ्चालन गर्नु पर्ने आवश्यकता रहेकोमा जोड दिएका छन् ।

    सूर्यविनायक नगरपालिकाको पूर्वउपप्रमुख एवं अधिकारकर्मी जुना बस्नेतले स्थानीय तहले न्यायिक समितिलाईसमेत जिम्मेवार बनाउन नसकेको बताउदै नगर प्रमुखदेखि कार्यपालिकाले समेत अधिकार हननका घट्ना न्यूनिकरणमा चासो नदिने गरेको सुनाए ।

    प्रतिकृया दिनुहोस्

    शिक्षाशास्त्रको अवमूल्यनले शिक्षा क्षेत्र अघि बढ्न सक्दैन

    २०८० जेठ १५ को बजेट भाषणमार्फत गुणस्तरीय शिक्षामा आमनागरिकको पहुँच बढाउने उद्देश्यले जुनसुकै विषयमा उच्च...

    भारतका स्थल सेनापति द्विवेदी नेपालमा, मानार्थ महारथीको दर्जा प्रदान गरिने

    छिमेकी देश भारतका स्थल सेनापति जनरल उपेन्द्र द्विवेदी नेपाल आएका छन् । प्रधान सेनापति अशोकराज...

    एमालेको जागरण सभाका कमान्डर नै कम्बोडिया प्रस्थान, पूर्व गृहमन्त्रीका पिएको यस्तो प्रश्न

    सत्तारुढ दल नेकपा (एमाले)ले मंसिर ७ मा गर्ने जागरण सभाको कमान्डर नै कम्बोडियातर्फ लागेका छन्...

    उपनिर्वाचन : काँग्रेस-एमाले संयुक्त उम्मेदवार पछि हटेपछि माओवादी केन्द्र निर्विरोध निर्वाचित

    मंसिर १६ मा हुने उपनिर्वाचनको मतदान अगावै नेकपा(माओवादी केन्द्र)ले बिजय प्राप्त गरेको छ । उम्मेदवारी...

    चर्चित अभियन्ता दुर्गा प्रसाई पक्राउ,

    मेडिकल व्यवसायी एवं चर्चित अभियन्ता दुर्गाप्रसाद प्रसाई पक्राउ परेका छन् । मंगलवार अपराह्न भक्तपुरको मध्यपुर...