News Portal

  • सांसदहरुको शपथ ग्रहण कार्यक्रम सम्पन्न

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ७ पुस २०७९
    ३३६ पटक
    भक्तपुर, ७ पुस २०७९

    नयाँ बानेश्वरस्थित संसद भवनमा प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुले पद तथा गोपनीयताको शपथ ग्रहणको कार्यक्रम सम्पन्न भएको छ । प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएपछि आज अन्य सांसदहरुलाई शपथ खुवाएका हुन् ।

    शपथ समारोहमा अधिकांश सांसदहरुले राष्ट्रिय पोशाक लगाएका थिए भने कतिपयले आफ्नो सांस्कृतिक पहिचान झल्काउने पोशाकमा थिए। २६ जना सांसदले भने विभिन्न १४ मातृभाषामा शपथ लिएका हुन् ।

    शपथ ग्रहण गरेपछि सांसदहरुलाई सांसदको लोगो वितरण गरिएको थियो ।

    संसद बैठकबाट सभामुख चयन नभएको अवस्थामा सांसदमध्येका ज्येष्ठ सदस्यले शपथ खुवाउने प्रावधान छ । अब राष्ट्रपति भण्डारीबाट संसद अधिवेशन आह्वान भएपछि तोकिएको समयमा बैठक बस्नेछ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...