News Portal

  • नाटक महोत्सवका लागि थिएटरले माग्यो नाटकहरु

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ७ पुस २०७९
    ३६२ पटक
     भक्तपुर, ७ पुस २०७९

    गण्डकी प्रदेशस्तरीय तेस्रो विद्यालय नाटक महोत्सव–२०७९ सुरु हुने भएको छ । आगामी माघ १५ गतेबाट महोत्सव माघ २१ गते शनिबारसम्म चल्नेछ । वार्षिक रूपमा गरिँदै आएको महोत्सवका लागि थिएटरले नाटकहरूको आह्वान गरेको छ ।

    ‘विद्यालयमा रङ्गमञ्च : अर्थपूर्ण बाल सहभागिताको आधार’ मूल नाराका साथ आयोजना हुने महोत्सवमा सहभागिताका लागि विभिन्न छनोट चरण पार गर्नुपर्नेछ । पहिलो चरणमा नाटकको कथावस्तु अध्ययन गरिनेछ । त्यसका लागि यही पुस २० भित्र नाटकको कथावस्तु पठाइसक्नुपर्ने पोखरा थिएटरका निर्देशक परिवर्तनले जानकारी दिए ।

    उनले भने, “नाटक नेपाली र समयावधि घटीमा ४० मिनेटदेखि बढीमा एक घण्टासम्मको हुनुपर्नेछ।” महोत्सवका लागि २१ नाटक छनोट गर्ने तयारी गरिएको छ । पहिलो चरणमा नाटकको स्क्रिप्ट अध्ययन गरिनेछ । अध्ययन गरिएका स्क्रिप्टबाट कथावस्तु, भाषाशैली, संवाद, प्रस्तुतीकरण, मञ्चन, मौलिकतालगायतलाई आधार मानी नाटक छनोट गरिने संयोजक परिवर्तनले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...