News Portal

  • रुपन्देहीमा छाडा चौपाया व्यवस्थापन गर्न सुरु

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ८ पुस २०७९
    २८६ पटक
    भक्तपुर, ८ पुस २०७९

    रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको कार्यालयले राष्ट्रिय गौ संरक्षण तथा अनुसन्धान केन्द्रको सहकार्यमा छाडा चौपाया (गाईगोरु) व्यवस्पाथन गर्न सुरु गरेको छ । छाडा छाडिएको गाईगोरुले सवारी दुर्घटनाका साथै नगरको सौन्दर्य अभिवृद्धिमा पनि असर पारेकाले सो व्यवस्पाथन गर्न सुरु गरिएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले जानकारी दिएका हुन् ।

    “छाडा छाडिएको गाईगोरुको व्यवस्थापन गर्न सुरु गरेका छौँ”, उनले भने, “सुन्दर नगर बनाउन नगरवासीले पालेका गाईगोरु पनि अबदेखि छाडा नछाड्नेमा हामी विश्वस्त छौँ ।”

    अन्य पालिका, खुला सीमाका कारण भारतबाट र नगरवासीले पनि पालेका गाईगोरु छाडा छाड्ने गर्दा नगरपालिकामा छाडा चौपायाको समस्या देखिएको नगरपालिकाको कार्यालयले जनाएको छ । छाडा चौपायाले नगर सौन्दर्य अभिवृद्धिका लागि लगाइएका फूल बिरुवा, धानखेतलगायतमा नोक्सानी भएको छ ।

    भारतबाट छाडा गाईगोरुको प्रवेश नियन्त्रणका लागि सशस्त्र प्रहरी र छिमेकी पालिकाबाट प्रवेश नियन्त्रणका लागि नेपाल प्रहरीले सहयोग गर्ने नगरपालिकाको कार्यालयले जनाएको छ । व्यवस्थापनका लागि नेपाली सेना र नेपाल प्रहरीको सहयोगमा नगर क्षेत्रबाट छाडा चौपायालाई एकत्रित गरी राख्न सुरु गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले बताए ।

    नगरपालिकाको कार्यालयले एकत्रित गरेको छाडा चौपायालाई अनुसन्धान केन्द्रले बर्दघाटस्थित गौशालामा लगेर पालनपोषण गर्ने जनाएको छ ।

    वडा नं ११ स्थित नगरपालिकाको स्वामित्वमा रहेको जग्गामा काञ्जी हाउस निर्माणको प्रक्रिया पनि अघि बढाइएको सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा अधिकारीले बताए । उक्त हाउसलाई छाडा चौपायाको व्यवस्थापनका लागि होल्डिङ सेन्टरका रूपमा प्रयोग गरिने उनले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...