News Portal

  • पत्रकारिताको मर्यादामाथि गम्भीर हुन राष्ट्रपति भण्डारीको आग्रह

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ८ पुस २०७९
    ४८६ पटक
     भक्तपुर, ८ पुस २०७९

    पत्रकारिताको मर्यादामाथि गम्भीर हुन राष्ट्रपति विद्यादेवी भण्डारीले आग्रह गरेकी छन् । सुर्खेतमा शुक्रबार आयोजित नेपाल पत्रकार महासंघको केन्द्रीय साधारण सभाको उदघाटन गर्दै राष्ट्रपति भण्डारीले सो आग्रह गरेकी हुन् ।

    पत्रकारितालाई स्वच्छ, निस्पक्ष, मर्यादित र विश्वसनियतामा गम्भीर चिन्तन गर्न पनि उनले पत्रकारसँग आग्रह गरे । अधिवेशनको उदघाटन गर्दै राष्ट्रपति भण्डारीले नेपालमा निरंकुश राजतन्त्रको अन्त्य र प्रजातन्त्र स्थापनामा पत्रकारको योगदान महत्वपूर्ण रहेको बताएकी छन् ।

    मुलुकको प्रणालीले राम्रोसँग काम गर्न नसके प्रजातन्त्रको औचित्य नहुने भन्दै राज्यका निकायले जनताको सुरक्षाको ग्यारेण्टी गरिनुपर्ने राष्ट्रपति भण्डारीले बताए । राज्यले सबैलाई समान अवसर देओस् भन्ने जनताको चाहना रहेकाले सरकार त्यसतर्फ ध्यान केन्द्रित गर्न आवश्यक रहेको राष्ट्रपति भण्डारीले चर्चा गरे ।

    ‘जनताको अपेक्षा पूरा नहुँदा राज्यप्रति असन्तुष्टि प्रस्तुत भैरहेको छन्’ राष्ट्रपति भण्डारीले भने, ‘हामी जिम्मेवार बन्नु पर्नेछ । शासनशैली सुधार गर्नुछ । राज्यको चौथो अङ्गको रूपमा रहेको सञ्चार माध्यम पनि उतिकै भूमिकामा रहनुपर्छ ।’ डिजिटल प्रविधिको उच्चतम् प्रयोगसँगै सामाजिक सञ्जालले पत्रकारितालाई छायाँमा पार्न खोजेको उनको भनाइ छ ।

    पत्रकारिता लोकतन्त्रको अपरिहार्य पक्ष भएकाले यसले नागरिकको सूचनाको हक प्रत्याभूत गराउन र प्रेस स्वतन्त्रतालाई पूर्ण कार्यान्वयनमा अग्रसर हुनुपर्ने बताए । गोरखापत्र

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...