राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज बस्दै छ । सरकारमा जाने कि नजाने भन्ने विषयमा निर्णय गर्न आइतबार दिउँसो बैठक बोलाइएको हो ।
बैठकले सरकारमा जाने कि नजाने भन्ने निर्णय गर्नेछ । जाँदा आफूहरुले पाउने मन्त्रालयको संख्या र केही एजेन्डा स्पष्ट पारिने ती नेताको भनाइ छ । सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमा आज सकिँदैछ ।