भक्तपुरको तेखापुखुस्थित मेधा माविका प्रधानाध्यापक गंगाधर हाडाको असामयिक निधन भएको छ । घरबाट विद्यालय तर्फ आउदै गर्दा अचानक बेहोस भएका उनको भक्तपुर अस्पतालमा ज्यान गएको हो ।
भक्तपुर अस्पतालकी मेसु डा सुमित्रा गौतमले प्रधानाध्यापक हाडा अस्पताल आइपुग्दा नै उनको मुटुको चाल बन्द रहेको र अस्पतालको बचाउने अन्तिम प्रयास असफल भएको बताइन । उनी उच्च रक्तचापका बिरामी थिए ।
शिक्षासेवी हाडाको निधन संगै भक्तपुरको शिक्षा क्षेत्रमा ठुलो क्षती भएको छ । सामुदायिक विद्यालयलाई अब्बल बनाउन उनको योगदान अतुलनीय छ । हाडाको नेतृत्वमा मेधा मावि देशकै उत्कृष्ट विद्यालयको रुपमा परिचित छ ।