News Portal

  • सुत्केरी भागेपछि ओसीएमसीमा राखेर शिशुको हेरचाह

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १२ पुस २०७९
    ५४२ पटक
     भक्तपुर, १२ पुस २०७९

    सर्लाही सदरमुकाम मलङ्गवास्थित प्रादेशिक अस्पतालमा स्टाफ नर्स र ओसीएमसीका कर्मचारीले शिशुको हेरचाह गरिरहेका छन् । सुत्केरी आमा शिशु जन्माएर फरार भएपछि उनीहरुले शिशुको हेरचाहा गरिरहेका हुन् ।

    सोमबार दिउँसो अस्पतालमा भर्ना ती गर्भवती महिलाले अस्पतालको शौचालयमा बच्चा जन्माएर फरार भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डाक्टर नवलकिशोर झाले जानकारी दिएका हुन् ।

    शिशुलाई अहिले अस्पताल परिसरमै रहेको एकद्धार सङ्कट व्यवस्थापन केन्द्र (ओसीएमसी) मा राखिएको अस्पतालले जनाएको छ । शिशुको अवस्था सामान्य रहेको मेसु झाले बताउनुभयो । आफ्नो नाम सैयम कुमारी, उमेर २२ वर्ष र ठेगाना भारत बिहार राज्य जिल्ला सीतामढी सोनवर्षा उल्लेख गरी अस्पतालमा भर्ना भएका ती नाम थर र ठेगाना झुटो हुन सक्ने आशङ्का गरिएको छ ।

    जन्माउनासाथ आमा फरार भएकाले सो शिशु अवैध सम्बन्धपछि जन्मिएको हुनसक्ने आशङ्का समेत गरिएको छ । सर्लाही प्रहरीका निमित्त प्रमुख एवं प्रहरी नायब उपरीक्षक विजय यादवले घटनाको थप अनुसन्धान र फरार महिलाको खोजी भइरहेको जानकारी दिए । ती महिलासँगै अर्को एक जना महिला पनि अस्पतालमा सँगै आएको भनिए पनि प्रस्ट हुन सकेको छैन । सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले शिशुलाई ओसीएमसीमा राखेर हेरचाह भइरहेको जानकारी दिए ।

    यो समाचार गोरखापत्रको सहयोगमा तयार परिएको हो ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...