News Portal

  • अपाङ्गता भएकी सुप्रिनालाई घरमै पुगी सिडिओ शर्माले दिईन् नागरिकता

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १७ पुस २०७९
    ८२८ पटक
    भक्तपुर, १७ पुस २०७९

    राज्यसँग नागरिकको कानूनी सम्बन्ध प्रमाणित गरी अधिकारको रक्षा गर्ने दस्तावेजको रुपमा रहेको नागरिकता वितरणमा अपाङ्गता भएका नागरिकहरुलाई जिल्ला प्रशासन कार्यालय भक्तपुरले विशेष सुविधा दिएको छ । आइतवार जिल्ला प्रशासन कार्यालय भक्तपुरले अपाङ्गता भएकी एक नागरिकलाई घरमै पुगेर नागरिकता प्रमाण पत्र प्रदान गरेको हो ।

    मध्यपुर थिमी नगरपालिका वडा नम्बर ४ की सुप्रिना श्रेष्ठले घरमै आइपुगेकी सिडिओ रुद्रादेवी शर्माको हातबाट नागरिकता पाएकी हुन् । उनी अपाङ्गताका कारण हिडडुल गर्न नसक्ने जानकारी पाएपछि सिडिओ शर्मा आफैं नागरिकता प्रमाण पत्र लिएर उनको निवास पुगेकी थिइन् । उनी अरुको सहारा बिना उठ्न बस्न समेत नसक्ने अवस्थाको अपाङ्गतामा रहेकी छन् । सिडिओ शर्माले अपाङ्गता भएकाहरु कार्यालय आउँन कठिनाइ हुने हुँदा जिल्ला प्रशासन कार्यालयले घरमै पुगी नागरिकता प्रमाण पत्र प्रदान गर्दै आएको जानकारी गराउदै यसबाट परिवारजनमा समेत राज्यप्रति सकारात्मक भाव पैदा हुने बिश्वास व्यक्त गरेकी छन् । सिडिओ शर्माले कतिपयले दुखपूर्वक अपाङ्गता भएका नागरिकलाई कार्यालयमा ल्याएको स्मरण गर्नुका साथै आफूहरुलाई जानकारी भए त्यस्ता नागरिकलाई घरमै आएर सेवा दिने समेत जानकारी गराएकी छन् ।

    सिडिओ शर्मा संग सहायक सिडिओ माधव प्रसाद शर्मा र प्रमुख प्रशासकीय अधिकृत उर्मिला खतिवडा घिमिरे लगायत नागरिकता फाँटका कर्मचारी समेत सहभागी थिए । उनीहरु कार्यालय समय सकिएपछि सेवामा खटिएका देखिन्थे । यस अघि पनि सूर्यविनायक नगरपालिकाका २ जना अपाङ्गता भएका नागरिकले घरबाटै सेवा पाएका बताउदै प्रमुख प्रशासकीय अधिकृत घिमिरेले अपाङ्गता भएका नागरिक प्रशासनमा धाउनु नपर्ने प्रष्ट पारिन् ।

    सुप्रिनाकी आमा सुशीला श्रेष्ठले घरमै आएर नागरिकता दिएकोप्रति सिडिओ शर्मा नेतृत्वको टोलीलाई धन्यवाद व्यक्त गर्दै अन्य निकायले समेत अपाङ्गता भएकाहरुको ब्यथा बुझिदिएर सेवा दिनुपर्ने आवस्यकता औल्याएकी छन् ।

    उक्त अवसरमा मध्यपुर थिमी नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ समेत उपस्थित थिए । उनले सिफारिस लिन आउदा नै सिडिओ कार्यालय जानु नपर्ने गरी वडाले आवश्यक समन्वय गरी अपाङ्गता भएका आफ्ना नगर भित्रका नागरिकलाई नागरिकता प्रमाण पत्र उपलब्ध गराउने व्यवस्था मिलाउने समेत प्रतिवद्धता प्रकट गरेका छन् । त्यतिमात्र होइन, उनले नगरपालिकाले समेत यस्तो घरदैलो सेवा शुरु गर्ने बताएका छन् ।

    प्रतिकृया दिनुहोस्

    रहेनन् जातीय तथा भाषिक अधिकार आन्दोलनका अगुवा साहित्यकार शाक्य

    नेपाल भाषाका प्रसिद्ध कवि एवं भक्तपुरका पुराना बामपन्थी नेता त्रिरत्न शाक्यको निधन भएको छ ।...

    हाजिरीजवाफ प्रतियोगितामा मदरल्याण्ड प्रथम

    नेसनल प्याब्सन भक्तपुर अन्तर्गत अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगिता-२०८१ सम्पन्न भएको छ । सिरिन केन स्कुलको...

    जिल्लाब्यापी अन्तर विद्यालय चित्रकला प्रतियोगिता गर्दै राष्ट्रको लागि दुई घन्टा अभियान

    राष्ट्रको लागि दुई घन्टा अभियानले भक्तपुर जिल्लाब्यापी अन्तर विद्यालय चित्रकला प्रतियोगिता आयोजना गर्ने भएको छ...

    दिब्यश्वरी प्लानिङको दुर्घटनामा मोटरसाइकलमा सवार महिलाको निधन

    भक्तपुरको मध्यपुर थिमि-२ सानोथिमिस्थित दिव्यश्वरी प्लानिङमा भएको सवारी दुर्घटनामा मोटरसाइकलमा सवार महिलाको ज्यान गएको छ...

    नक्कली शैक्षिक प्रमाणपत्र सहित पक्राउ

    त्रिभुवन विश्वविद्यालयबाट जारी भएको स्नातक र स्नातकोत्तर तहको नक्कली प्रमाणपत्रहरू सहित एक ब्यक्ति पक्राउ परेका...