News Portal

  • अपग्रेड सिस्टम कार्यान्वयन गर्न सर्वोच्चको आदेश

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १८ पुस २०७९
    ४२९ पटक
     भक्तपुर, १८ पुस २०७९

    सर्वोच्च अदालतले चिकित्सा शिक्षातर्फ स्नातकोत्तर तहको म्याचिङमा अपग्रेड सिस्टम नै कार्यान्वयन गर्न आदेश दिएको छ ।

    न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले चिकित्सा शिक्षा आयोगले एमडी तथा एमएसमा विद्यार्थी भर्ना गर्दा प्राथमिकता निर्धारण तथा म्याचिङ प्रणालीसम्बन्धी कार्यविधि भर्ना लिने समयमा संशोधन गरिएकाले सोको कार्यान्यन तत्काल नगर्न आदेश दिएको हो ।

    साथै सर्वोच्चले विपक्षीका नाममा कारण देखाऊ आदेश पनि जारी गरेको छ । आयोगले एमडी तथा एमएसमा विद्यार्थी भर्ना गर्दा प्राथमिकता निर्धारण तथा म्याचिङ प्रणालीसम्बन्धी कार्यविधि भर्ना लिने समयमा संशोधन गरिएकाले सो संशोधनमा बदनियत देखिएको भन्दै विद्यार्थीहरूले रिट दायर गरेका थिए । उनीहरूले चिकित्सा शिक्षा आयोगले संशोधन गरेको म्याचिङ प्रणालीसम्बन्धी कार्यविधिलाई कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्चमा रिट हालेका हुन् ।

    रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, चिकित्सा शिक्षा आयोग र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई विपक्षी बनाइएको थियो । सो कार्यविधि बदनियतपूर्ण भएको भन्दै विद्यार्थीहरूले गत १४ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । राजधानीदैनिक

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...