News Portal

  • भक्तपुरका ब्यवसायीले सञ्चालन गरेको ट्रिबर्न रिसोर्ट पुगे उपराष्ट्रपति पुन

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, १९ पुस २०७९
    ९८६ पटक
    भक्तपुर, १९ पुस २०७९

    उपराष्ट्रपति नन्द बहादुर पुनले ललितपुरको सिस्नेरीस्थित ट्रिबर्न रिसोर्ट्को अवलोकन गरेका छन् । पर्यटकीय क्षेत्र लाँकुरी भन्ज्याङको फेदिमा अन्तर्राष्ट्रियस्तरका भिल्ला समेत रहेको ट्रिबर्न रिर्सटको उपराष्ट्रपति पुनले मंगलवार अवलोकन गरेका हुन् ।  नेकपा (माओवादी केन्द्र)का पोलिटब्युरो सदस्य एबम् भक्तपुर इन्चार्ज दिलिप कुमार प्रजापती सहित पुगेका उपराष्टपति पुनले रिसोर्टमा करिब १ घण्टा समय बिताएको रिर्सटका संचालक एबम् भक्तपुरका युवा उद्यमी ब्यवसायी नरेश रन्जितले बताए ।

    2

    युवाहरुद्धारा संचालित रिसोर्ट्को अवस्थिती, साजसज्जा, वातावरण र परिकारले आफू प्रभावित भएको उपराष्टपति पुनले प्रतिक्रिया दिएका छन् ।  रिसोर्टले रोजगारी संगै उक्त श्रेत्रमा पर्यटकीय तथा आर्थिक गतिबिधि समेत बढ्ने उपराष्ट्रपति पुनले विश्वास ब्यक्त गरे ।

    3

    लामो समय आतिथ्य सत्कार लगायतका सेवा श्रेत्रमा काम गर्दै आएका उज्जन कुमार श्रेष्ठ , नरेश रन्जित , राजु कुटु , डिकेन कुटु , नबिन श्रेष्ठ लगायत समुहले तारे होटेल स्तरको सेवा सुविधा सहित रिसोर्ट संचालन गरेको हो । ललितपुरको ग्वार्को चोकबाट करिब ८ किलोमिटर दुरिमा रहेको नेपालकै एउटा महत्त्वपूर्ण पर्यटन गन्तव्यका रूपमा विकास हुदै गएको स्थानमा रहेको यस ट्रिबर्न रिर्सटमा अन्तर्राष्ट्रिय स्तरका भिल्ला सहित , बिभिन्न कार्यक्रमका लागि सेमिनार हल , स्वना -स्पा , ज्याकुजि ,स्वीमिङ पुल लगायतका सेवाहरु उपलब्ध रहेका छन् ।               

    प्राकृतिक सुन्दरताको मनमोहक दृश्य, सिंगो उपत्यकालाई दृश्यावलोकन गर्न सकिने एवम् हिमालको अनुपम दृष्यपान गर्न पाइने हुनाले रिसोर्टमा पुग्ने जो कोहि प्रशन्न भएर फर्किने गरेका संचालक रन्जितले जानकारी गराए ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...