News Portal

  • बागमती प्रदेश सभा सदस्य द्वय देवेन्द्र र भावना सम्मानित

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, १९ पुस २०७९
    ६०४ पटक
    भक्तपुर, १९ पुस २०७९

    बागमती प्रदेशको प्रदेश सभा सदस्य द्वय देवेन्द्र श्रेष्ठ र भावना श्रेष्ठ सम्मानित भएका छन् । नेकपा (माओवादी केन्द्र) भक्तपुर नगरको पूर्ण बैठकमा मंगलबार उनीहरुलाई सम्मान गरिएको हो ।

    पार्टीका जिल्ला इन्चार्ज दिलिप प्रजापति भीष्मको प्रमुख आतिथ्यतामा सम्पन्न पूर्ण बैठकमा देवेन्द्र र भवनालाई जुजु धौको सगुन र सम्मान पत्रबाट सम्मानित गरिएको नगर अध्यक्ष राकेश सुवालले जानकारी गराए । सम्मानित हुने दुबै पार्टीका जनयुद्धमा प्रत्यक्ष सहभागी भएका एवम् भक्तपुरका स्थापित पार्टी नेतृत्व हुन् ।                                                               

    उक्त अवसरमा प्रदेश सभा सदस्य देवेन्द्र श्रेष्ठले माओवादीले यथास्थितिबादी पार्टीहरुलाई लतारेर गणतन्त्रमा ल्याइपुर्याएको बताउदै माओवादी केन्द्र युग बदल्ने पार्टी भएको प्रष्ट पारे । भक्तपुरमा नेमकिपाले माओवादी केन्द्र र अध्यक्ष प्रचण्डबारे बिष बमन गर्नु इतिहासको नजर अन्दाज भएको उनको भनाइ छ । भक्तपुर सह इन्चार्ज समेत रहेका श्रेष्ठले माओवादी केन्द्रबाट नेमकिपा सबैभन्दा बढी भयभित भएकाले भ्रमपूर्ण प्रचार गरि माओवादी केन्द्रको संगठन कमजोर पार्न खोजेको जिकिर गर्दै नेमकिपाका सांसद र नगर प्रमुखलाई समेत बढी शक्तिशाली बनाउन वर्तमान राजनीतिक ब्यवस्थाका लागि माओवादीको रगत बगेको स्मरण गर्न आग्रह गरे ।  माओवादी एजेन्डाले देशमा जितिरहेको जिकिर गर्दै उनले फेरिपनि एकपटक माओवादी गर्जिनुपर्ने र जनताको शासनलाई मजबुद पार्नुपर्ने आवश्यकता औल्याए । त्यसैगरी अर्की सदस्य भावनाले जनयुद्धमा जस्तै वर्तमान जिम्मेवारीलाई पनि आफ्नो क्षमताले भ्याए सम्म देश र जनताको हितमा प्रयोग गर्ने प्रतिवद्धता प्रकट गरिन । उनीहरुले आफ्नो कार्यकालमा भक्तपुरको दीर्घकालीन बिकासका योजना बनाउने र लागू गर्ने बताउदै त्यसका लागि पार्टी पङ्ति र भक्तपुर बासी सबैबाट साथ र सहयोग मिल्ने बिश्वास ब्यक्त गरेका थिए ।

    कार्यक्रममा पोलिट्ब्युरो सदस्य एवं  जिल्ला इन्चार्ज भीष्म, केन्द्रीय सदस्य डिपी ढकाल र जिल्ला संयोजक सुनिल बासुले समसामयिक राजनीतिक विषयमा प्रष्ट पारेका नगर सचिव बिक्रम ह्याङोले जानकारी दिए । उक्त अवसरमा जिल्ला सचिव जीवन तज, नगर इन्चार्ज उमा कपाली त्यसैगरी प्रदेश सदस्य युवराज आचार्य र वाइसीएल नेता नरेश रन्जितको पनि आतिथ्यता रहेको नगरका नेता कृष्णमान बनमालाले बताएका छन् । पूर्ण बैठकले निर्वाचनको समीक्षा समेत गरेको तथा भावी कार्यक्रम र कार्यनीति पारित गरेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...