चाँगुनारायण नगरपालिकाले चालू आर्थिक वर्षको ६ महिनामा ७२ लाख बढी घरबहाल कर असुली गरेको छ । नगरपालिकाको १२ औं नगरसभा अधिवेशनमा मंगलबार प्रस्तुत अर्ध बार्षिक समिक्षामा सोकुरा सार्वजनिक गरिएको हो । नगरपालिकाले सबैभन्दा बढी आम्दानी भने सिफारिस दस्तुरवापतको शुल्क असुली बाट गरेको देखिन्छ । पुस २० गते सम्मको तथ्यांकका आधारमा हेर्दा सिफारिस शुल्क बापत नगरपालिकाले १ करोड ७१ लाख ४२ हजार ६ सय ९५ राजश्व असुली गरेको बताइएको छ । दोस्रो बढी राजश्व भने ब्यवसाय दर्ता बाट १ करोड २० लाख बढी असुली भएको छ । त्यसपछि नक्सा पासको दस्तुरबाट तेस्रो सर्वाधिक आय संकलन भएको छ । नक्सा पास दस्तुर बाट नगरपालिकाले १ करोड ११ लाख ७७ हजार ४ सय २४ उठाएको हो । प्रशासनीक दण्ड जरिवाना बाट पनि नगरपालिकाले यस अवधिमा ९ लाख बढी राजश्व संकलन गरेको जानकारी प्राप्त भएको छ । नगरपालिकाले नगर सभाको १२ औ अधिवेशनमा बिबिध १३ शिर्षकमा उठाइएका राजस्वको जानकारी प्रस्तुत गरिएको छ । त्यसैगरी सर्वाधिक राजश्व वडा नम्बर २(दुवाकोट) बाट ६२ लाख ६२ हजार बढी प्राप्त भएको र सबैभन्दा कम वडा नम्बर ३(झौखेल) बाट २० लाख ७० हजार मात्र प्राप्त भएको समेत जानकारी प्राप्त भएको छ । चाँगुनारायण नगरपालिकाको नगरसभाको १२ औं अधिवेशनले आर्थिक वर्ष २०७९/८० को संशोधिन नीति तथा कार्यक्रमलाई संसोधन गर्दै पारित गरेको छ । साथै, नगरपालिकाको अर्धवार्षिक समिक्षा समेत सर्वसम्मतले पारित गरेको छ ।अधिवेशनको अर्को बैठक बिहीबार बस्ने प्रमुख प्रशासकिय अधिकृत हिरामणी सुवेदीले बताएका छन् ।
चाँगुनारायणमा सबैभन्दा बढी राजश्व उठ्ने दुवाकोट, कम उठ्ने झौखेल
मदन ढुंगाना / भक्तपुर पोस्ट भक्तपुर, २६ पुस २०७९
भक्तपुर, २६ पुस २०७९वातावरण विद खनाललाई पितृशोक
बागमती सभ्यता एकीकृत विकास समितिको पूर्व कार्यकारी समिति सदस्य समेत रहेका वातावरणविद मौसम खनाललाई पितृशोक...
सञ्चारकर्मीलाई भक्तपुर सिडिओको सुझाव- समाजलाई सकारात्मक बनाऔं
भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले समाजलाई सकारात्मक बनाउन सञ्चारकर्मीलाई सुझाव दिएका छन् । सकारात्मक...
चिनियाँ सरकार र चिनियाँ जनतालाई असल र भरपर्दो मित्र मानेका छौं : नगर प्रमुख प्रजापति
नाँचगानको राजधानी, साँस्कृतिक नगर र जीवित सङ्ग्रहालयको उपमा पाएको भक्तपुर नगरपालिकाको यस दरबार क्षेत्रमा नेपाल...
नेपाल विश्वप्रसिद्ध पर्यटकीय गन्तव्यस्थल हो : राजदूत छन सङ
नेपालका लागि चिनियाँ राजदूत छन सङले नेपाल विश्वप्रसिद्ध पर्यटकीय गन्तव्यस्थल भएको बताएका छन् । यहाँका...
समाजवादी प्रेस संगठनका अध्यक्ष र महासचिव नै एमाले प्रवेश, भक्तपुरबाट भने कोही गएनन्
नेकपा(एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणी सुवेदी बिमसु नै एमाले निकट प्रेस चौतारीमा...
- प्रेस सेन्टर चाँगुनारायणमा आकाशको अध्यक्षतामा ११ सदस्यीय समिति
- ढुंगानाको अध्यक्षतामा प्रेस सेन्टर भक्तपुरमा १७ सदस्यीय कार्यसमिति
- भक्तपुर प्याब्सनमा कस्पालको अध्यक्षतामा नयाँ कार्यसमिति, दुई पदमा भयो मतदान
- भक्तपुरसहित उपत्यकामा एकाबिहानै ठूलो भूकम्प
- सानोठिमी क्याम्पस प्रमुखमा उप प्राध्यापक डा. माधवकुमार श्रेष्ठ नियुक्त
- शनिबार भक्तपुरको सूर्यमढीमा नि:शुल्क दन्त शिविर संचालन हुने
- निर्वाचनको विषय बिर्सिन सांसद थापाको सुझाव, पत्रकारको भवन बनाउन ५० हजार दिने उद्घोष
- समाजवादी प्रेस संगठनका अध्यक्ष र महासचिव नै एमाले प्रवेश, भक्तपुरबाट भने कोही गएनन्
- जिल्ला बाहिर बसाइसराई गर्न नपाउने कानुनी व्यवस्था गर्नुपर्नेमा सांसद सुवालको जोड
- ख्वप विश्वविद्यालय विधेयक मन्त्रिपरिषदमा छ, स्वीकृति पाउनुपर्छ : मन्त्री भट्टराई