News Portal

  • अबैध खानी खोज्दै सिडिओ कार्यालय

    निशा कुस्मा / भक्तपुर पोस्टभक्तपुर, २७ पुस २०७९
    ६४० पटक
    bhaktapur cdoभक्तपुर, २७ पुस २०७९

    भक्तपुरमा कानुन बिपरित संचालनमा रहेका ढुङ्गा र बालुवाको खानी भएको नभएको यकिन गर्न अनुगमन टोली बनाइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माको नेतृत्वमा एक अनुगमन टोली गठन गरिएको हो ।

    अबैध क्रसर उद्योग बन्द गर्न गृह मन्त्रालयले परिपत्र गरेपछि त्यस्तो उद्योग भए नभएको यकिन गर्न अनुगमन तीब्र बनाइएको सिडिओ कार्यालय श्रोतले जनाएको छ । अनुगमन टोलीले घरेलु तथा साना उद्योग कार्यालयमा उत्खननको उदेश्य राखी दर्ता भएका उद्योगहरुलाई निगरानीमा राखी अनुगमन गरिरहेको बताइएको छ ।

    साथै, त्यस्ता उद्योग बिना दर्ता पनि संचालन भएका देखिएमा तुरुन्त सूचना दिन स्थानीय प्रहरी, अनुसन्धान बिभाग र स्थानीय सरकारसंग आग्रह गरिएको बुझिएको छ । बिपद ब्यवस्थापन समितिको बैठकमा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले त्यस्ता उद्योगलाई तुरुन्त बन्द गर्ने बताउँदै सूचना र सहयोगका लागि आग्रह गरेकी एक सहभागीले जानकारी गराएका छन् ।

    अबैध खानी संचालनले प्राकृतिक प्रकोपको जोखिम बढ्ने बताउँदै सिडिओ शर्माले स्थानीय सरकार समेत यसमा सजग भइ जथाभावी खानी उत्खननको अनुमति दिन नहुने बताएकी थिइन् । श्रोतका अनुसार बैठकमा जिसस प्रमुख इश्वर बहादुर थापाले प्राकृतिक प्रकोप बाट बच्न जनचेतना र पूर्वतयारीमा जोड दिएका थिए । त्यसैगरी सूर्यविनायकका मेयर बासुदेव थापा, चागुनारायणका मेयर जीवन खत्री, भक्तपुरकी उपमेयर रजनी जोशी र मध्यपुर थिमिका प्रतिनिधि भगिरथ अधिकारीले आ-आफ्नो नगरमा प्रकोपको जोखिम र त्यसबाट बच्न गरिएका तयारी बारे अवगत गराएका बताइएको छ ।

    उक्त अवसरमा सशस्त्र प्रहरी बल २२ नम्बर गणका गणपति नरबहादुर रावतले बिकासे आयोजनाका नाममा अबैध खानी संचालन भएको हुनसक्ने तर्फ सचेत भइ सबै क्षेत्रमा निगरानी, अनुगमन र कार्वाही लाई प्रभावकारी बनानुपर्ने बताएका थिए ।

    सहायक सिडिओ माधव प्रसाद शर्माले अबैध खानी बन्द गराउन र संचालकलाई कार्वाही गर्न आफ्नो नेतृत्वमा अनुगमन टोली बनेको पुष्टि गरेका छन् । उनले कसैसंग यस्तो उद्योग संचालनको सूचना भए सिडिओ कार्यालयमा जानकारी गराउन समेत आग्रह गरे । श्रोतका अनुसार ३ उद्योग शंकाको घेराभित्र परेका छन् । तर, सहायक सिडिओ शर्माले यसबारे बताएका छैनन् । उनले छिट्टै प्रतिवेदन पेश गर्ने प्रतिक्रिया दिए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...