News Portal

  • बढ्यो चाँगुनारायण नगरपालिकाको बेरुजु

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २८ पुस २०७९
    ४८७ पटक
    भक्तपुर, २८ पुस २०७९

    विगत पाँच वर्षमा चाँगुनारायण नगरपालिकाको बेरुजु झण्डै रु. सात करोड पुगेको छ । नगरपालिकाका प्रमुख जीवन खत्रीले विकास बजेटमा रहेको बेरुजु घटाउन आह्वान गरेका छन् ।

    नगरपालिकाको बेरुजु आर्थिक वर्ष २०७४/७५ देखि आव २०७७/७८ सम्ममा ३३ शीर्षकमा रु. छ करोड ८६ लाख ४२ हजार आठ सय ७३ छ । त्यसमा सबैभन्दा बढी बेरुजु आव २०७७/७८ मा उपभोक्ता समितिमार्फत गरिएको कामको छ ।

    उपभोक्ता समितिले नगरपालिकासँग सम्झौता गरेर रकम निकास गर्ने तर उपभोक्ता समिति आफूले काम नगरेर अर्को ठेकेदारलाई कामको जिम्मा दिएका विकासका कामको मात्रै रु. एक करोड २८ लाख ८९ हजार आठ सय ६४ को बेरुजु रहेको नगरपालिकाको आर्थिक प्रतिवेदनमा उल्लेख छ ।

    नगरप्रमुख खत्रीले भने, “विगत पाँच वर्षमा हचुवामा जसरी पायो त्यसरी रकम बाँडेको देखियो, लगेको रकमको काम गरेर फछर्यौट गरेको भए हुन्थ्यो, काम अधुरो बनाउने र कामै नगरेको पाइएकाले त्यस्तो रकम इमानदारीका साथ फिर्ता गर्न आह्वान गर्दछु, अन्यथा कानुनअनुसार अगाडि बढ्छौँ ।”

    त्यस्तै नगरपालिकाले चालु आव २०७९/८० का लागि पुँजीगततर्फ रु. एक अर्ब ३४ करोड ७१ लाख ४३ हजार नौ सय ५७ र चालुतर्फ रु. ७७ करोड १८ लाख ८२ हजार दुई सय ४३ गरी कुल रु. दुई अर्ब ११ करोड ८९ लाख ८६ हजार दुई सय बजेट विनियोजन गरेकामा यो छ महिनाको अवधिमा कुल बजेटको २३ दशमलव २८ प्रतिशत अर्थात् पुससम्ममा कुल रु ४९ करोड ३४ लाख ७० हजार खर्च गरेको नगरप्रमुख खत्रीले बताए ।

    आन्तरिक राजस्वतर्फ रु २६ करोड २६ लाख ३० हजार सङ्कलन गर्ने लक्ष्य राखेकामा यहीँ पुससम्ममा रु छ करोड ८४ लाख १३ हजार दुई सय ४३ अर्थात् २६ दशमलव चार प्रतिशत मात्रै सङ्कलन भएको उनले जानकारी दिए ।रासस ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...