News Portal

  • जनक शिक्षामा कागज काण्ड : कारवाही हुनेमा शंका, स्थानीय सरकार आक्रोशित

    संजीप शुभचिन्तक भक्तपुर, २८ पुस २०७९
    ५८९ पटक
    भक्तपुर, २८ पुस २०७९

    सानोठिमीस्थित जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडसंग स्थानीय सरकारले समाचारको विषयलाई लिएर स्पष्टिकरण सोधेको छ । बिहीवार नगर प्रहरी सहित पुगेको नगर नेतृत्वले प्रवन्ध संचालक संग मौखिक स्पष्टिकरण सोधेको हो ।

    नगर प्रमुख सुरेन्द्र श्रेष्ठको नेतृत्वमा उपप्रमुख विजय श्रेष्ठ र वडाध्यक्ष एवं शिक्षा समितिका संयोजक बालकृष्ण श्रेष्ठ सहित जनक शिक्षा पुगेको नगरपालिकाको टोलीले मध्यपुरको भूमिमा बसेर अनियमितता नगर्न चेतावनी समेत दिएको छ । नगर प्रमुख सुरेन्द्र श्रेष्ठले जनक शिक्षा घाटामा जानुमा यहाँको अनियमितता प्रमुख कारण हुनसक्ने आसंका व्यक्त गर्दै नगरपालिकाले यसलाई निगरानीमा राखेको बताएका छन् । समाचारमा भनिए जस्तै कर्मचारीको मिलेमतोमा अनियमिताताको प्रयास भएको ठहरिए सह्य नहुने उनले चेतावनी दिए । उनले जनक शिक्षाले स्थानीय सरकारलाई कर समेत कहिल्यै नबुझाएको ध्यानाकर्षण गराउदै राज्यलाई ठग्ने र सस्था पनि डुबाउने नियत हुनु नहुनेमा जोड दिए ।

    त्यसैगरी उपप्रमुख विजय कृष्ण श्रेष्ठले समयमा मतपत्र पुर्याउन सक्ने जनक शिक्षाले समयमा पाठ्यपुस्तक उपलब्ध गराउन नसक्नुको कारण कागजमा हुने भ्रष्टाचार हुनसक्ने भन्दै जनक शिक्षालाई मनोमानी गर्ने छुट नहुने स्पष्ट पारे । मध्यपुरबासीको जग्गा अधिग्रहण गरी बनाइएको सरकारी संरचनाले उदेश्य बिपरित अनियमिततामा गर्ने कार्य नरोके स्थानीय सरकार टुलुटुलु हेरेर बस्न नसक्ने उनले बताए ।

    जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडका प्रवन्ध संचालक अनिल झाले आफूहरुले कुनै अनियमितता नगरेको जिकिर गर्दै अनुसन्धानबाट अनियमिततामा संलग्न भएको पुष्टि भए जस्तो सुकै कारवाही भोग्न समेत तयार रहेको स्पष्टिकरण दिएका थिए । प्रशासन प्रमुख चित्र कुमार आचार्यले कागज सप्लायर्सको बदमासीलाई जनक शिक्षासंग जोडेर हेर्न नहुने जिकिर गरे ।

    उक्त अवसरमा जिल्ला प्रहरी वृत्त थिमीका प्रमुख रहेका डिएसपी हरिनन्दन चौधरी, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगत कृष्ण प्रजापति लगायतको उपस्थिति रहेको थियो ।

    के हो समस्या
    जनक शिक्षा सामग्री केन्द्रको कागज लोड गरिएको १३ वटा ट्रक प्रहरी नियन्त्रणमा छ । संचार माध्यमले कर्मचारीको मिलेमतोमा कमसल कागज बोकेको ट्रकलाई रातारात भित्राइएको खुलासा गरेपछि ती ट्रकहरु प्रहरीले नियन्त्रणमा लिएको हो । बुधवार राती स्थलगत रिपोर्टिंगका लागि पुगेका पत्रकारलाई जनक शिक्षाले अवरोध गरेपछि सिडिओ रुद्रादेवी शर्माले पत्रकारको शंकाको घेरामा रहेका ट्रकलाई होल्ड गर्न निर्देशन दिएकी थिइन् । बुधवार राति पत्रकार र जनक शिक्षाका कर्मचारी बीच चर्काचर्की नै चल्यो । तत्कालै घटनास्थल पुगेका थिमी वृत्तका प्रमुख हरिनन्दन चौधरीको नेतृत्वमा रहेको प्रहरी टोलीले ट्रक नियन्त्रणमा लिएको थियो । सानोठिमी प्रहरी प्रभागका इन्चार्ज रमेश राइले जनाए अनुसार ४ वटा ट्रक जनक शिक्षाको प्रांगणमा प्रवेश गरेका छन् भने बाँकीलाई होल्ड गरेर बाटैमा राखिएको छ ।

    जनक शिक्षा र कागज
    जनक शिक्षा सामाग्री केन्द्रमा वार्षिक १५ हजार टन कागज खपत हुने गर्दछ । बजार मूल्य अनुसार त्यसको मूल्य करिब २ अर्व हुने गर्छ । कागज खरिदमा हुने आर्थिक चलखेल जनक शिक्षा बुझ्नेहरुका लागि छुपेको विषय छैन । जनक शिक्षाको आर्थिक अनियमितता एक एक पन्ना कागजमा झल्किन्छ । कागज सप्लाई गर्न टेन्डर पाउनेलाई नपाउने सप्लायर्स र तीनका जनक शिक्षाका मतियारले असहयोग गर्ने निरन्तरको प्रवृत्ती पनि छ । जनक शिक्षाका उच पदस्थ अधिकारी कर्मचारी कम र बिभिन्न सप्लायर्सका एजेन्टको भूमिकामा बढी देखिने श्रोतको दावी छ । सोहीकारण यसका कमिसनका चक्करले कागजको सप्लाई बेलाबखत प्रभावित भैरहने र पाठ्यपुस्तक छपाई समयमा नहुने घाम जत्तिकै छर्लंग छ ।

    सप्लायर्सको सनक
    जनक शिक्षालाई कागज सप्लाई गर्ने जिम्मा पाएको ललितपुर स्थित नेपा:हिमा ट्रेड लिंक प्रालिले ग्राम र ब्राइटनेस नपुर्याएको कागज ल्याएको भन्दै जनक शिक्षाले फिर्ता लैजान पत्राचार गर्यो । कम गुणस्तरको कागज भिडायर सम्झौता बमोजिमको रकम भुक्तानी पाउदा सप्लायर्सलाई करोडौं रकम त्यत्तिकै फाइदा हुन्छ । १५ सय मेट्रिक टन कागज ल्याउने जिम्मा पाएको नेपा:हिमा प्रालिले प्रति किलो करिब ३० रुपैयाको दरले करिब ४५ करोड ठगी गर्ने नियत राखेको देखिन्छ जुन जनकको मिलेमतो बिना सप्लायर्स एक्लैले सक्ने विषय हुन नसक्ने श्रोतको दावी छ । श्रोतले भक्तपुर पोस्टलाई दिएको जानकारी अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि जनकले २ सय १४ मेट्रिक टन मात्र कमसल देखिएको भन्दै फिर्ता लिन प्रालि लाई पत्राचार गरेको थियो तर त्यो पनि तीन दिन नजिकैको ग्यारेजमा गाडी राखेर सोही गाडी फिर्ता ल्याएको समाचार बाहिरिए पछि छताछुल्ल भएको छ । जनकका प्रवक्ताले पनि सोही गाडी फर्किएको स्वीकार गरेका छन् ।

    कारवाही हुनेमा शंका

    कागज सप्लाई गर्ने जिम्मा पाएको नेपा: हिमा नाम मात्रको हो । यसको काधमा चढेर वीरगन्जको दुर्गा र एभरेस्ट कागज उद्योगले जनक शिक्षामा रजगज गरेका छन् । उनीहरुको पहुँच माथिसम्म रहेको छ । जनक शिक्षाका प्रशासन प्रमुख चित्र कुमार आचार्य आफूहरुको प्रक्रियामा कुनै कमजोरी नरहेको जिकिर गर्छन । प्रवन्ध संचालक अनिल झाको यो दोश्रो कार्यकाल हो, उनलाई पाठ्यपुस्तक कसरी समयमा छाप्ने भन्दा अख्तियारमा कसरी जवाफ फर्काउने भन्ने विज्ञता हासिल छ । संचालक समितिका अध्यक्ष रहेका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुबेदी किताबको कागज दिसा पुस्न मात्र काम लाग्ने भएकाले गुणस्तर हेरिराख्नु नपर्ने अभिव्यक्ति दिदै हिड्दा मन्त्रालयका सहसचिवहरू नै लाजले मुख छोप्दै हिड्नु परेको अवस्था छ । त्यसैले, जनक शिक्षाको वर्तमान  मुद्दा पनि तै चुप मै चुप हुने धेरैले शंका गरेका छन् ।

    सच्याइएको : शिर्षक अर्कै भएकोमा सच्याइएको छ ।

    प्रतिकृया दिनुहोस्

    यो सरकार काण्ड खोतल्न होइन, मिलाउन बनेको हो : पूर्व प्रधानमन्त्री प्रचण्ड

    पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली भूटानी शरणार्थी लगायतका विभिन्न...

    काठमाडौंमा माओवादी केन्द्रको खबरदारी सभा

    नेकपा माओवादी केन्द्रले आज काठमाडौंमा खबरदारी सभा गरिरहेको छ । सुन्धाराबाट जुलुससहित आएको र्याली प्रदर्शनी...

    भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता शुरु

    भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता शुरु भएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान...

    भक्तपुरकी सिडिओ श्रेष्ठको सरुवा

    roshani shreshtha cdo

    भक्तपुरकी सिडिओ रोशनीकुमारी श्रेष्ठको सरुवा भएको छ । गृह मन्त्रालयले शुक्रवार उनको सरुवा गरेको हो...

    स्वन्ती नःखा (तिहार) मनाउने सम्बन्धमा भक्तपुर नगरमा पन्चाङ्ग निर्णय

    Tihar

    यस वर्षको स्वन्ती नःखा (तिहार) मनाउने सम्बन्धमा भक्तपुर नगरले पन्चाङ्ग निर्णय गरेको छ । भक्तपुर...