News Portal

  • प्रेस सेन्टर ललितपुरको साधारण सभा सम्पन्न, सरकारलाई जनतासंग जोड्नुपर्नेमा जोड

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, २९ पुस २०७९
    ९९९ पटक
    भक्तपुर, २९ पुस २०७९

    प्रेस सेन्टर नेपाल ललितपुर जिल्ला समन्वय समितिको साधारणसभा सम्पन्न भएको छ । शुक्रबार सेन्टरले आफ्नो वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

    साधारणसभालाई सम्बोधन गर्दै प्रेस सेन्टरका केन्द्रीय अध्यक्ष विष्णु सापकोटा जुगलले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र परिवर्तनलाई सस्थागत गर्न प्रेस सेन्टरले थप योगदान गर्नुपर्ने आवस्यकता औल्याए । वर्तमान सरकार प्रमुख प्रचण्ड र नेकपा (माओवादी केन्द्र) बाहेक अरु संग देश बिकास र समृद्धिको स्पष्ट भिजन नभएको भन्दै उनले प्रचण्ड सरकारलाई जनता संग जोड्न प्रेस सेन्टरका पत्रकारहरु लाग्नुपर्ने निर्देशन समेत दिएका थिए ।

    त्यसैगरी प्रमुख अतिथि रहेका नेकपा (माओवादी केन्द्र)का पोलिटव्युरो सदस्य तथा प्रेस सेन्टर नेपालका इन्चार्ज महेश्वर दाहालले पार्टीले प्रेस सेन्टरलाई सहि ढङ्गले परिचालन गर्न नसक्दा प्रचारको मोर्चा कमजोर बनेको बताए । उनले प्रेस सेन्टरका पत्रकारलाई पार्टीले पूँजीको रुपमा लिनुपर्ने र त्यसका लागि आफूले सक्दो पहल गर्ने प्रतिवद्धता प्रकट गरेका थिए । उक्त अवसरमा नेकपा माओवादी केन्द्र ललितपुरका संयोजक शिव कट्टेल, प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष तथा उपत्यका प्रदेश इन्चार्ज निर्मल ज्ञवाली, उपाध्यक्ष गंगा बराल, प्रेस सेन्टर नेपालका केन्द्रीय महासचिव सन्तोष पौडेल, उपत्यका प्रदेशका अध्यक्ष नवराज दाहाल लगायतले प्रेस सेन्टरको कार्यभार र कार्यदिशा बारे प्रष्ट पारेका थिए । उक्त अवसरमा न्युनतम पारिश्रमिक निर्धारण समितिकी अध्यक्ष संगीता खड्काले आफू प्रेस सेन्टर पृष्ठभुमिबाट आएको स्मरण गर्दै श्रमजीवी पत्रकारको पक्षमा काम गर्न कुनै कसर बाँकी नराख्ने बताएकी थिइन् ।

    साधारण सभाले सचिव र कोषाध्यक्षको प्रतिवेदन सर्वसम्मत पारित गर्दै ललितपुर घोषणा पत्र समेत जारी गरेको अध्यक्ष रामहरि कार्कीले जानकारी गराए । साधारण सभाको अवसरमा जिल्लामा विशेष योगदान गरेका पत्रकारहरु सम्मानित समेत भएका बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...