News Portal

  • भक्तपुरमा प्रधानमन्त्री प्रचण्ड, योगलाई शिक्षासंग जोड्ने प्रतिवद्धता

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १ माघ २०७९
    ४७२ पटक
    भक्तपुर, १ माघ २०७९

    प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भौतिक विकासले मात्र मानव जातिको हित गर्न नसक्ने निष्कर्ष सहित विश्वले नै योग प्रति चासो बढाइरहेको बताउदै त्यसमा नेपालीले गौरव गर्नुपर्नेमा जोड दिएका छन् । योग, ध्यान र आध्यात्मिक चिन्तन नेपालको धेरै पुरानो मौलिक परम्परा भएको प्रष्ट पार्दै प्रधानमन्त्री प्रचण्डले विश्वले यसलाई आत्मसाथ गर्दै अघि बढेकोमा गौरव गर्नुपर्नेमा जोड दिएका हुन् ।

    सानोठिमी स्थित सिटिईभिटी प्रांगणमा आइतवार बिहान आयोजित ८ औं राष्ट्रिय योग दिवसको मुल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ”भौतिक रुपले विकासित् भनिएका देशमा मनोबैज्ञानिक रुपले मानिसहरु असाध्यै कमजोर रहेका छन्, मानव जातिको सन्तुलन कायम राख्नको लागि योग ध्यान सर्वोत्तम उपाय हो भन्ने कुरा वैज्ञानिकरुपले पुष्टि भइसकेको छ, ।”

    प्रधानमन्त्री प्रचण्डले नेपालीको पहिचानसंग पनि जोडिएको योग र ध्यानलाई विद्यालय शिक्षामै समावेश गरी विश्व विद्यालयसम्म लानुपर्ने आवश्यकता समेत औल्याएका छन् । त्यसो गर्ने सके मात्रै संसारभरी योग प्रशिक्षक दिन सकिने र नेपाललाई नयाँ पहिचानमा पुर्याउन सकिने उनले प्रष्ट पारे ।

    आफूले यस कार्यकालमा सरकार प्रमुखको हैसियतले जनताको पक्षमा नयाँ योजना र संकल्प सहित कार्यभार सम्हालेको स्मरण गराउँदैं उनले योगलाई नयाँ उचाइमा पुर्याउनका लागि शिक्षामा योगलाई जोड्ने प्रक्रिया शुरु गर्ने प्रतिवद्धता समेत प्रकट गरेका थिए ।

    उक्त अवसरमा प्रधानमन्त्री प्रचण्डले योग गुरुको निर्देशन पालन गर्दै केहीबेर योग समेत गरे । प्रधानमन्त्री प्रचण्डलाई योग साधक र स्थानीयले भक्तपुरमा भब्य स्वागत गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...