News Portal

  • वीर र ट्रमामा आकस्मिक बाहेक सबै सेवा बन्द

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २ माघ २०७९
    ४८१ पटक
    भक्तपुर, २ माघ २०७९

    वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरले माघ २ गते सोमबार आकस्मिक बाहेक सबै सेवा बन्द गर्ने निर्णय गरेको छ ।

    आइतबार बसेको चिकित्साविज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति स्तरीय बैठकले प्रतिष्ठानअन्तर्गका कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल, वीर अस्पताल, ट्रमा सेन्टर र वीर अस्पताल नर्सिङ क्याम्पसमा आकस्मिकबाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो ।

    आइतबार भएको विमान दुर्घटनमा ट्रमाका अर्थाेपेडिक सर्जन डा. सुशील श्रेष्ठ, उनकी श्रीमती र एक छोरासहित दिवङ्गत हुनुभएका उनको सम्झनामा आकस्मिक सेवा बन्द गर्ने निर्णय गरेको अस्पतालद्वारा जारी सूचनामा उल्लेख छ ।

    आइतबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको कल साइन ‘नाईन एन–एनएसी’ ६९१ उडानको एटीआर–७२ विमान अवतरण हुनुअघि पोखराको सेती खोँचमा दुर्घटनाग्रस्त भएको थियो । विमानमा चार चालक दलसहित ७२ जना सवार थिए । दुर्घटनामा परेर अहिलेसम्म ६८ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । त्यसमध्ये ३८ जनाको शव पहिचान भएको छ ।

    गोरखापत्र दैनिक

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...