News Portal

  • दादुरा संक्रमित थपिदै; आइतबार थप १२ जनामा संक्रमण

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २ माघ २०७९
    ४२६ पटक
     भक्तपुर, २ माघ २०७९

    नेपालगञ्ज उपमहानगरपालिमा दादुरा फैलिने क्रम तिव्र छ । आइतबार थप १२ जना दादुराका बिरामी भेटिएसँगै दादुरा संक्रमितको संख्या एक सय ९२ पुगेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

    सरकारले दादुरा प्रभावित बाँकेको नेपालगञ्जमा ६ महिना देखि १५ वर्षसम्मका बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप अभियान सञ्चालन गर्दै आएको छ ।

    सोमबार नेपालगञ्ज उप-महानगरपालिकाअन्तर्गतका १६ वडामा १६ वटा खोप केन्द्रमार्फत दादुराविरुद्धको खोप लगाउँदै छ । बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खोप लगाउन सकिने स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

    स्वास्थ्य कार्यालय बाँकेका अनुसार बाँकि ७ वटा वडाका खोप लगाउन छुट बालबालिकाहरूलाई वडाका स्वास्थ्यकर्मीमार्फत खोज र खोप अभियान जारी राखेको छ ।

    आइतबार मात्र ४६६ बालिका र ४१५ बालक गरी ८८१ जनालाई खोप लगाइएकाे थियाे । योसँगै बाँकेमा हालसम्म १७ हजार ५७० जना बालबालिकालाई खोप लगाइएको छ ।सोही समयमा १ जनाको मृत्यु भएको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...