News Portal

  • आफन्तलाई शव बुझ्न झनै सास्ती

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ३ माघ २०७९
    ७१९ पटक
     भक्तपुर, ३ माघ २०७९

    विमान चढेर आइतबार पोखरा उडेकाले ओर्लिएर वा फर्किएर आफन्त त भेट्न पाएन् नै ।

    आफन्तलाई दुर्घटनामा ज्यान गुमाएकाको शव पाउन पनि सोमबार दिनभर निक्कै मुस्किल पर्‍यो । पोखराको अस्पताल परिसरमा सोमबार दिनभर आफन्तको रुवावासी चल्यो भने दुर्घटना स्थलमा हराएका ३ जनाको खोजीकार्य जारी रह्यो ।

    दुघर्टनास्थल सेती खोंचबाट उद्धार गरी ल्याएका शवलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको थियो ।

    सोमबार दिउँसो काठमाडौंबाट मेडिकल टिम आएपछि पोस्टमार्टमको काम सुरु भएको थियो । सोमबार शव बुझाउने अस्पताल प्रशासनले जानकारी दिएपछि अस्पताल परिसरमा आफन्त र शुभ चिन्तकको भीड थियो । दिनभर आफन्त रुवावासी गर्दै शव पाउने प्रतिक्षामा बसे पनि साँझसम्म शव नपाएपछि निराश र आक्रोशित भएका थिए । साँझ अबेर पोस्टमार्टम सकिएको शव आफन्तलाई बुझाइएको थियो ।

    दिनभर अस्पतालमा आफन्तको शव बुझ्न रुँदै बसेका आफन्त प्रक्रिया छिटो–छरिटो पूरा गर्नुपर्नेमा ढिला भएको भन्दै आक्रोशित भएका थिए । नाराबाजीसमेत गरेका थिए ।

    ‘आफन्तलाई त गुमायौं । शव बेलैमा नपाउँदा अर्को पीडा भयो,’ एक मृतकका आफन्त सा खलिद मियाँले बताए । उनी भन्दै थिए, ‘परिचय खुलेको छ । अनुहार पनि चिनिने अवस्थामा रहेका शवको छिटो प्रक्रिया पुर्‍याएर दिनुपर्नेमा त्यो हुन नसक्दा पीडित थप पीडामा छौं,’ उनले गुनासो गरे । यति प्रक्रिया पुर्‍याउँदा समय लाग्छ भने बेलैमा सूचना दिनुपर्नेमा त्यसो नहुँदा अस्पताल र घरमा आफन्तको दिनभर रुवावासी भएको र पीडा थपिएको उनको भनाइ थियो ।

     

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...