News Portal

  • रविले हिम्मत हार्नु हुँदैन : अध्यक्ष सहयात्री

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, १३ माघ २०७९
    ४३२ पटक
    भक्तपुर, १३ माघ २०७९

    उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको सांसद र मन्त्री पद खारेज हुनेगरी  सर्वोच्च अदालतले उनको नागरिकता सम्बन्धि मुद्दाको फैसला सुनाएसंगै लामिछानेले पदबाट राजिनामा दिएका छन् । उनको राजिनामाले राजनीतिक बृत्तमा नयाँ तरङ्ग पैदा भएको छ भने यस विषयमा विभिन्न प्रतिक्रिया पनि आइरहेका छन् ।

    यसैबीच सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का बागमती प्रदेश अध्यक्ष एवं प्रदेश सांसद सरल पौडेल सहयात्रीले रवि नीरस बन्दै गएको नयाँ पुस्ता र राजनीतिक बितृष्णाले बिरक्तिएको युवा पंक्तिका बीच एक आशाको चिंगारी भएको भन्दै हिम्मत नहार्न सुझाव दिएका छन् । रविले कानुनी मान्यतालाई सम्मान गर्दै धुलो टक्टक्याएर अघि बढ्नुपर्ने उनले प्रतिक्रिया दिएका छन् । रवि राजनीतिक बैधताको हिसावले जनअनुमोदित लोकप्रिय युवा नेता रहेकोले उनीप्रति सम्मान ब्यक्त गर्दै अध्यक्ष सहयात्रीले युवाहरु प्रतिको आशा र बिश्वास कायम राख्न रवि दरो गरि उभिनुको बिकल्प नभएको बताएका छन् ।

    “रविको नागरिकता प्रकरण गम्भीर कानुनी लापर्वाही हो । कानुन अनुसार अदालतले यो भन्दा अर्को निर्णय गर्न सक्दैन थियो ।” उनले भने । नागरिकता जस्तो बिषयमा समेत लापर्वाही गर्दा नयाँ पुस्ताको असाध्य गह्रुंगो आशालाई बोकेर हिंड्न सक्छ ? भन्ने प्रश्न खुट्टा टेक्न नपाउदै पेचिलो र गंभिर भएको उनको भनाइ छ । राजनीतिक आस्था फरक भएतापनि आफु एक युवा भएको नाताले रविलाई हिम्मत नहारी अघि बढ्न अध्यक्ष सहयात्रीले शुभकामना समेत दिएका छन् ।

    रविले अमेरिकी नागरिकता त्यागिसकेकाले तत्काल जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा गएर नेपाली नागरिकता प्राप्त गर्न सक्ने बाटो भने खुला नै रहेको छ ।नागरिकता प्राप्त गरि गैर सांंसदको रुपमा उनी पुन मन्त्रीमा नियुक्त हुने बाटो पनि बन्द भएको भने छैन । पत्रकारिताबाट राजनीतिमा प्रवेश गरि राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना गरेका लामिछाने जनता माझ लोकप्रिय रहेका छन् । उनी रास्वपाका अध्यक्ष हुन् । रवि आफैले भने अदालतले अनागरिक बनाइदिएको बताउदै थप कुरा बोल्न चाहेका छैनन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...