News Portal

  • प्रेस सेन्टरको प्रभातफेरी, देश र जनताले खोजेको पत्रकारिता गरिरहने प्रतिवद्धता

    भक्तपुर, १५ माघ २०७९
    ७७३ पटक
    भक्तपुर, १५ माघ २०७९

    प्रेस सेन्टरको केन्द्रीय समितिले स्थापना दिवसको अवसरमा आइतबार राजधानीमा प्रभातफेरी र शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौँको माइतीघर मण्डलाबाट सुरु भएको प्रभातफेरी बबरमहल पुगेर शुभकामना सभामा परिणत भएको थियो ।

    उक्त अवसरमा संस्थापक अध्यक्ष महेश्वर दाहालले स्थापना कालको स्मरण गर्दै तत्कालीन समयमा आफूहरु भेला हुन समेत असम्भव भएको बेलामा संगठन स्थापना गरि क्रान्तिको रक्षाको लागि गरेका संघर्षका गाथा सुनाएका थिए । कान्तिकारी धारलाई कलमले धारिलो बनाउनुपर्ने बताउदै उनले देश र जनताले खोजेको पत्रकारिता गर्न प्रेस सेन्टरका सदस्यहरु सदैव पूर्ण प्रतिवद्ध रहने विश्वास समेत ब्यक्त गरे ।   

    कार्यक्रमको अध्यक्षता गरेका प्रेस सेन्टर नेपालका अध्यक्ष बिष्णु सापकोटा जुगलले राष्ट्र र जनताप्रति पूर्ण प्रतिवद्ध रही शहिद कृष्ण सेन ‘इच्छुक’लगायतले देखाएको बाटोमा अविचलित रुपमा अघि बढिरहने प्रतिवद्धता प्रकट गरेका थिए । प्रेस सेन्टरका सस्थापक एवं नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष गोबिन्द आचार्य, प्रेस सेन्टरका वरिष्ठ उपाध्यक्ष कमल गिरी, उपाध्यक्ष एवं उपत्यका इन्चार्ज निर्मल ज्ञवाली, उपाध्यक्ष गङ्गा बराल लगायतका उपाध्यक्षहरु, महासचिव संतोष पौडेल, पत्रकार महासंघका महासचिव समेत रहेका प्रेस सेन्टरका नेता रोशन पुरी लगायतको विशेष उपस्थिति रहेको कार्यक्रममा प्रेस सेन्टरका प्रदेश एवम उपत्यकाका ३ जिल्लाका  पत्रकारको प्रतिनिधिमुलक सहभागीता रहेको थियो । उक्त अवसरमा देश र जनताले खोजेको पत्रकारिता गरिरहने र पत्रकारिताको जनपक्षीय धार जोगाइराख्ने प्रतिवद्धता सहित एक- आपसमा स्थापना दिवसको शुभकामना साटासाट गरिएको थियो । यसैबीच स्थापना दिवसको अवसरमा अध्यक्ष बिष्णु सापकोटा जुगलले एक शुभकामना बक्तब्य जारी गर्दै समाजको अग्रगामी रुपान्तरणमा लागिरहन प्रेरणा प्राप्त होस् भनी शुभकामना ब्यक्त गरेका छन् । 

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...