News Portal

  • राजनीतिज्ञलाई सकारात्मक सहयोगको आवश्यकता छ : आरजु राणा

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १६ माघ २०७९
    २६५ पटक
     भक्तपुर, १६ माघ २०७९

    ललितपुर महानगरपालिकाका विभिन्न वडाका महिला सदस्यहरूले सर्वसाधारणको अपेक्षा र आफ्नो जिम्मेवारी पुरा गर्न वडामा बजेट र काम गर्ने वातावरण पनि तयार पार्नुपर्नेमा जोड दिएका छन् ।

    लैङ्गिक हिंसाबाट प्रभावित महिला तथा बालवालिकाहरुको रक्षा सुरक्षा र सशक्तिकरणको क्षेत्रमा विगत ३ दशक देखि क्रियाशिल साथी संस्था र ललितपुर महानगरपालिकाद्वारा संयुक्तरुपमा आइतवार राजधानीमा स्थानिय तहमा महिला वडा सदस्यहरूको अर्थपूर्ण सहभागिताको सुनिश्चित गर्न आयोजित दुईदिने गोष्ठीमा महिला वडा सदस्यहरूले बजेट र काम गर्ने वातावरण हुनुपर्ने बताएका हुन् ।

    प्रतिनिधीसभा सदस्य डा. आरजु राणा देउवाले नेपाली महिलालाई राजनीतिमा आउन र निर्वाचनमा टिकट पाउन, विजयी हुन थुप्रै कारणले अवरोध गरे पनि प्रयास गर्ने महिला राजनीतिज्ञलाई सकारात्मक सहयोगको आवश्यकता रहेको बताए ।

    उनले यस पटक दलबीचको गठवन्धनको कारणले महिलाको राजनीतिक सहभागीतामा आएको सङ्कुचन आगामी दिनमा नदोहोर्याउन नीतिगत रूपमै व्यवस्था गर्न आग्रह गरे ।

    नेतृ राणाले महिलाले समानुपातिकको बाटो रोजेर राजनीतिमा आएको आरोप लगाउने र प्रत्यक्ष निर्वाचनमार्फत राजनीतिमा सहभागीता जनाउन टिकट नै नदिने, दलबीच सधैं गठवन्धन गरिरहने अवस्थाको अन्त्यका लागि अब महिलाबीच नै प्रतिस्पर्धा गर्ने वातावरण पनि मिलाउनुपर्नेमा जोड दिए ।

    ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले आफुले पञ्चायत कालदेखि नै राजनीति गरेको अनुभवमा महिलाले राजनीतिमा जमेर काम गर्न अझै पनि चुनौतिपूर्ण काम नै भएकोले निर्वाचित भएर आएका महिला सदस्यलाई जिम्मेवारी बाँडफाँड गरी काम गर्ने वातावरण दिएर आगाडि बढ्न प्रेरित गर्नुपर्ने बताए ।

    उनले ललितपुर महानगरको २९ वडामध्ये एक वडामा पनि महिलाले वडा अध्यक्ष निर्वाचित नभएको सन्दर्भमा आगामी निर्वाचनमा कम्तीमा पनि दश जना महिला वडा अध्यक्ष बन्ने वातावरणका लागि राजनीतिक दल, समाज, परिवारले राजनीतिमा अगाडि बढ्न चाहने महिलालाई विश्वास गर्ने वातावरणको तयारी अहिलेदेखि गर्नुपर्ने बताएका छन् ।

    प्रमुख महर्जनले यस पटक पनि निर्वाचनको समयमा दलहरूको गठवन्धनको कारण प्रमुख जिम्मेवारीका लागि महिला कम विजयी भएको, परिवार, सामाजिकलगायत थुप्रै जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न सक्ने महिलालाई राजनीतिमा अगाडि बढ्न अवसरको मात्र खाँचो रहेको दाबी गरेका छन् ।

    ललितपुर महानगरका उपप्रमुख मञ्जली बज्राचार्य, शाक्यले वडामा महिला सदस्यको जिम्मेवारी पाएका जनप्रतिनिधीले स्थानीयको समस्या, लैङ्गिक हिंसा र उद्यम, सामाजिक विकासका सम्भावनाबारे नजिकबाट बुझ्ने अवसर पनि मिल्ने बताए ।

    वडा महिला सदस्यको जिम्मेवारीलाई सानो नठानी वडाले पनि जिम्मेवारी बाँडफाँडसहित काम गर्ने अवसर दिएर उनीहरूमार्फत स्थानीयको समस्या र विकासका विविध सम्भावनाबारे महानगरलाई जानकारी भए नीतिगत र बजेट व्यवस्थापन गरी सम्वोधन समेत गर्न सकिने भएकोले महिला सदस्यको सशक्तिकरणको पाटोलाई सँगसँगै अगाडि बढाउनुपर्ने उनको भनाइ छ ।

    संयुक्त राष्ट्र सङ्घ अन्तरगत महिलामाथि हुने सबै प्रकारका हिंसा उन्मुलन सम्वन्धी महासन्धी (सिड) समिति सदस्य बन्दना राणाले घर, समाजका विविध जिम्मेवारीले थिचिएर पनि बाहिर निस्केर राजनीतिक सहभागिताका लागि उत्साहित र सङ्घ गरेका महिला जनप्रतिनिधीका लागि पनि सशक्तिकरण र जागरण तथा राजनीतिक अभ्यासबारे विशेष तालिम र सिक्ने अवसरका लागि साथीले गरेको प्रयास र ललितपुर महानगरको वडा सदस्यहरूको उपस्थितीबाट अर्थपूर्ण नतिजा निस्कने विश्वास व्यक्त गरे ।

    कार्यक्रममा साथी संस्थाका अध्यक्ष सजनी अमात्यले पितृसत्तात्मक सोचका कारण महिलालाई घरभित्रै आर्थिक पहुँचमा पछाडि पारेको छ, राजनीतिमा पनि महिलालाई जिम्मेवारी नदिने, बजेट र कार्यक्रममा पनि सहभागीता जनाउने अवसरबाट बञ्चित पार्ने संस्कारको अन्त्य हुनुपर्ने बताए ।

    सो महानगरका महिला विकास महाशाखा प्रमुख महेश्वरी विष्टले स्थानीय आम नागरिकसँग प्रत्यक्ष सम्पर्कमा रहने वडा सदस्य, महिला जनप्रतिनिधीहरूलाई सशक्तिकरण र विभिन्न विधी प्रक्रियाको बारेमा जानकारी दिन महाशाखाले जोड दिएको बताए ।

    कार्यक्रममा वडा सदस्य रञ्जु तोलङ्गीले वडामा महिला सदस्यको जिम्मेवारीमा रहेदेखि आम सर्वसाधारणले आफ्नो जुनसुकै समस्या पनि वडामा गएपछि समाधान हुने अपेक्षा राख्ने तर वडामा भने महिला सदस्यलाई जिम्मेवारी नदिने , कतै कार्यक्रममा बोलाए पनि पदको आधारमा व्यवहार गरेको देख्दा दुख लाग्ने बताए ।

    दुईदिने सशक्तिकरण गोष्ठीमा ललितपुर महानगरका २९ वटै वडाका महिला तथा दलित महिला सदस्यहरुको सहभागिता रहेको छ ।

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि ७ सय एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...