News Portal

  • पत्रकार महासंघ र नेत्रज्योति संघबीच सम्झौता, पत्रकारलाई नि:शुल्क चश्मा

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १९ माघ २०७९
    ९०२ पटक
    भक्तपुर, १९ माघ २०७९

    नेपाल पत्रकार महासंघ र नेपाल नेत्रज्योति संघ बीच पत्रकारको आँखा सम्बन्धी स्वास्थ्य उपचार गर्नका लागि सम्झौता भएको छ । बुधबार नेपाल पत्रकार महासंघमा भएको एक कार्यक्रमका बीच दुवै संस्थाका पदाधिकारीको उपस्थितिमा उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

    नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले प्रविधिको विकाससंगै लामो समय कम्प्युटर लगायतका उपकरणको प्रयोगले पत्रकारहरुमा आँखाको स्वास्थ्य समस्या देखिन थालेको बताएका हुन् । उनले दुई संस्थाबीचको सम्झौताले देशभरिका पत्रकार लाभवान्वित हुने बताएका छन् ।

    जनचेतनाको अभावले आँखासम्बन्धि समस्या भएका बिरामीहरुले उपचार पाउन नसकेका नेपाल नेत्रज्योति संघ नेपालका अध्यक्ष प्रा.डा.चेतराज पन्तको भनाइ छ । उनले निको हुने आँखाका रोगीको समेत उपचार हुनसकेको भन्दै त्यसको निराकरण गर्न संस्था लागि परेको जानकारी दिए ।

    सम्झौतापत्रमा उल्लेख भएअनुसार महासंघको सवन्वयमा ६ वटा प्रदेशमा फागुनभित्र र दुबै संस्थाको स्थापना दिवसको छेको पारेर चैत महिनामा काठमाडौं उपत्यकामा रहेका पत्रकारका लागि निशुल्क आँखा शिविर आयोजना गर्ने उल्लेख छ । शिविरमा पत्रकारका लागि आवश्यक चश्मासमेत निशुल्क उपलब्ध गराईने जनाइएको छ ।

    सम्झौतापत्रमा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेल र नेपाल नेत्रज्योति संघका अध्यक्ष प्रा.डा.चेतराज पन्तले हस्ताक्षर गरेका हुन् । २०३५ सालमा स्थापना भएको गैरनाफामुलक संस्था नेपाल नेत्रज्योति संघ नेपालको आँखा स्वास्थ्यको क्षेत्रमा स्थापित संघका ४४ वटा जिल्ला शाखा, २७ वटा आँखा अस्पताल र १५० वटा आँखा उपचार केन्द्र रहेका छन् ।

    कार्यक्रममा महासंघका सचिव गोविन्द चौलागाई, कोषाध्यक्ष कलेन्द्र सेजुवाल, लेखा समिति संयोजक लेखनाथ न्यौपाने र नेत्रज्योति संघका महासचिव भरत बहादुर चन्द, कोषाध्यक्ष द्रोण प्रसाद गुरागाई लगायतको उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...