News Portal

  • आठ करोड ३२ लाख रुपियाँ मूल्यको सुनसहित क्यानडाका नागरिक पक्राउ

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १९ माघ २०७९
    १२६ पटक
    भक्तपुर, १९ माघ २०७९

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक क्यानडाका नागरिक पक्राउ परेका छन् । क्यानडाका नागरिक ३५ वर्षीय मोहम्मद कमल माहगौब करिब आठ करोड ३२ लाख रुपियाँ मूल्य बरावरकाे नौ किलोग्राम सुनसहित पक्राउ परेका हुन् ।

    त्रिभुवन विमानस्थल भन्सार कार्यालयको टोलीले युनाइटेड अरब इमिरेटस् (यूएइ)को दुबईबाट सुन लिएर नेपाल आएका उनलाई गए राति चेकजाँचका क्रममा पक्राउ गरेको हो ।

    बिहीबार सुनको मूल्य प्रतितोला एक लाख सात हजार पाँच सय रुपैयाँ रहेको छ । यो मूल्य अनुसार बरामद गरिएको सुनको मूल्य करिब ८ करोड ३२ लाख पर्न आउँछ ।

    कार्यालयका प्रमुख अरुण पोखरेलका अनुसार प्लाई दुबईको एफ–२५७३ मार्फत काठमाडौँ आएका उनलाई गए राति १२ बजे पक्राउ गरिएको हो । उक्त घटनाबारे अनुसन्धान भइरहेको पोखरेलले बताए ।

    प्रतिकृया दिनुहोस्

    मिटरब्याजी पीडितको माग सम्बोधन गर्ने गृह मन्त्रालयको आश्वासन

    मिटरब्याजी पीडितका समस्या समाधान गर्ने आश्वासन गृह मन्त्रालयले दिएको छ । मिटरब्याजी पीडितलाई भेट्न टंगाल...

    नेपालको अन्धोपन न्यूनीकरणमा नेत्रज्योति संघको भुमिका महत्वपुर्णः सभामुख घिमिरे

    प्रतिनिधि सभाका सभामुख देबराज घिमिरेले नेपालको अन्धोपन न्यूनीकरणमा नेत्रज्योति संघको भुमिका महत्वपुर्ण रहेको बताएका छन्...

    गोपाल नारायणको नेतृत्वमा नेराकस(निजामती)को शिक्षा विभागीय कार्यसमिति पुनर्गठन

    नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) को शिक्षा विभागीय कार्यसमिति पुनर्गठन गरिएको छ । निवर्तमान अध्यक्ष...

    मंगलवार बेलुकी गठबन्धनको बैठक बस्ने, मन्त्रिपरिषद् विस्तार गर्न छलफल गरिने

    मंगलबार सत्तारुढ गठबन्धनको बैठक बस्ने भएको छ । मन्त्रिपरिषद् विस्तारका लागि छलफल गर्न मंगलबार अपरान्ह...

    हस्तलिखित भित्रेपात्रोमार्फत नेपाल चिनाउँदै

    १९ भाषामा प्रकाशित मित्रवनको गुफा नामको बालउपन्यासका लेखक तथा चित्रकार धीरजनाथ अमात्य अद्वितीय छन् ।...