News Portal

  • रहेनन् सेक्युरिटी मजदुरका नेता थापा

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, २० माघ २०७९
    ६२३ पटक
    भक्तपुर, २० माघ २०७९

    नेकपा(माओवादी केन्द्र) का सूर्यविनायक नगर सदस्य, अखिल नेपाल ट्रेड युनियन महासंघ (ANTUF) भक्तपुरका उपाध्यक्ष एवं सेक्युरिटी मजदुर संगठनका भक्तपुर जिल्ला अध्यक्ष नरेन्द्र राज थापा(नरे) को अन्तिम संस्कार सम्पन्न भएको छ । बुधवार ५३ वर्षको उमेरमा देह त्याग गरेका थापाको शुक्रबार दाहसंस्कार सम्पन्न भएको हो । जर्मनीमा रहेका छोरा आएपछि शुक्रबार अन्तिम संस्कार गरिएको पारिवारिक श्रोतले जनाएको छ ।                                                थापाको पार्थिव शरीरमा कम्युनिस्ट पार्टीको झण्डा ओढाइ माओवादी केन्द्रका केन्द्रीय सदस्य डिपी ढकाल, जिल्ला संयोजक सुनिल बासु र नगर अध्यक्ष सानुकान्छा आलेमगर लगायतले सम्मान ब्यक्त गरेका थिए । उनको निधनले मजदुर आन्दोलनमा क्षती पुगेको मजदुर नेता मिलन लामाले बताए । थापा समाजमा अन्याय नसहने र सबैलाई न्याय हुनुपर्ने मान्यतामा सदैव अडिग रहेका उनका छिमेकी एवं नेपाली कांग्रेस सूर्यविनायकका प्रवक्ता रमेश खड्काले जनाएका छन् ।                                                                                        थापाका श्रीमती १ छोरा र १ छोरी छन् ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...