News Portal

  • रास्वपा सरकारबाट तत्काल नबाहिरिने

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २२ माघ २०७९
    ४८० पटक
     भक्तपुर, २२ माघ २०७९

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काे बैठक आइतबार पनि बस्दैछ। हिजाे शनिबार बेलुका बसुन्धारास्थित पार्टी कार्यालयमा बसेकाे केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बिना निष्कर्ष टुंगिएकाे थियाे ।

    रास्वपाले गृहमन्त्रालय नपाए सरकार छाड्ने चेतावनी दिँदै आएकाे छ । यता, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने रास्वपालाई गृहमन्त्रालय नदिने बताउँदै आएका छन् । उनले गृहकाे सट्टा भाैतिक पूर्वाधार लिन प्रस्ताव गरेका हुन् ।

    साेही प्रस्तावमा छलफल गर्न आज पनि बैठक बस्न लागेकाे हाे । बैठक ११ बजे बाेलाइएकाे छ । शनिबार राति ११ बजे सकिएकाे बैठकले यस विषयमा ठाेस निर्णय गर्न सकेकाे थिएन । बैठकमा राष्ट्रपति र राष्ट्रियसभा उपाध्यक्षकाे चुनावबारे मात्रै छलफल भएकाे एक नेताले जानकारी दिए ।

    स्राेतका अनुसार सरकारबाट नबाहिरिने पक्षमा धेरै नेताहरू उभिएका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...