News Portal

  • रफतको तेह्रौं वार्षिकोत्सवमा तीनजना पुरस्कृत

    निशा कुस्मा / भक्तपुर पोस्टभक्तपुर, २३ माघ २०७९
    २२९ पटक
    भक्तपुर, २३ माघ २०७९

    भक्तपुरको सूर्यविनायकस्थित रफत सञ्चार क्लवले २ पत्रकारसहित ३ जनालाई पुरस्कृत गरेको छ । क्लबले आफ्नो १३ औं वार्षिकोत्सवको अवसरमा सोमबार आयोजित कार्यक्रमका बीच भक्तपुरका दुई जना पत्रकार र एकजना स्वास्थ्यकर्मीलाई पुरस्कृत गरेको हो  ।        पुरस्कृत हुनेहरुमा पत्रकारद्वय नारायणसुन्दर किलम्बु र रमेश गिरी त्यसैगरी स्वास्थ्यकर्मी डाक्टर मजेश प्रताप मल्ल रहेका छन् । उनीहरुलाई नगद र प्रशंसा पत्र सहित प्रमुख अतिथि रहेका नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छें रोहितले पुरस्कृत गरेका हुन् ।
    रफतले राष्ट्रिय समाचार समितिका भक्तपुर प्रतिनिधि रमेश गिरीलाई नगद ५ हजार ५ सहित रफत क्रियासिल पत्रकारिता पुरस्कार प्रदान गरेको छ । यसैगरी कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार नारायणसुन्दर किलम्बुलाई नगद ५ हजार ५ सय सहित क्रियासिल पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको छ ।

    कार्यक्रममा ख्वप अस्पताल भक्तपुरमा विरामीहरुको सेवामा अहोरात्र खटिएका भन्दै हाडजोर्नी विशेषज्ञ डा.मजेश प्रताप मल्ललाई नगद ५ हजार ५ सय सहित कल्पना स्मृति स्वास्थ्य पुरस्कारबाट पुरस्कृत गरिएको थियो ।
    पुरस्कृत तीनै जनालाई प्रमुख अतिथि रहेका नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छें रोहितले दोसल्ला ओढाई प्रमाणपत्र प्रदान गरेका थिए । उक्त अवसरमा अध्यक्ष बिजुक्छेंले प्रमुख प्रतिपक्ष दलले सरकारलाई समर्थन गर्ने कहि नभएको चलन नेपाली कांग्रेसले ल्याएको भन्दै कांग्रेसले रास्ट्रपति पदमा आशक्ति देखाएको आरोप लगाए ।
    “प्रतिपक्ष पनि हुँ भन्ने अनि सत्तामा भागवण्डा पनि खोज्ने कांग्रेसको नीति नै गलत छ ।” उनले भने । अध्यक्ष बिजुक्छेंले नेकपा(एमाले)पनि भाइ कांग्रेस भएको भन्दै सत्ता स्वार्थमा एमाले कांग्रेसकै हाराहारीमा रहेको टिप्पणी गरेका थिए ।

    उक्त अवसरमा विशेष अतिथि रहेका एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले प्रचण्ड नेतृत्वको वर्तमान सरकारले अर्थतन्त्र उकासेको उल्लेख गर्दै जनतामा सरकार प्रति आशा र बिश्वास बढेको बताए । रफतका अध्यक्ष सुशीलबन्धु थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चाँगुनारायण नगरपालिकाको निवर्तमान मेयर एवं एमालेका केन्द्रीय सदस्य सोमप्रसाद मिश्र, मध्यपुरथिमि नगरपालिकाका निवर्तमान मेयर एवं एमाले नेता मदनसुन्दर श्रेष्ठ, कल्पना स्मृति कोषका अध्यक्ष एवं रफत सञ्चार क्लबका संरक्षक प्रेमबहादुर थापा, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगत प्रजापति र सल्लाहकार अमर भुजु लगायतले रफत सञ्चार क्लबले १३ वर्षमा भक्तपुरलाई देशबिदेशमा चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै थप क्रियाशिलताको कामना गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    मिटरब्याजी पीडितको माग सम्बोधन गर्ने गृह मन्त्रालयको आश्वासन

    मिटरब्याजी पीडितका समस्या समाधान गर्ने आश्वासन गृह मन्त्रालयले दिएको छ । मिटरब्याजी पीडितलाई भेट्न टंगाल...

    नेपालको अन्धोपन न्यूनीकरणमा नेत्रज्योति संघको भुमिका महत्वपुर्णः सभामुख घिमिरे

    प्रतिनिधि सभाका सभामुख देबराज घिमिरेले नेपालको अन्धोपन न्यूनीकरणमा नेत्रज्योति संघको भुमिका महत्वपुर्ण रहेको बताएका छन्...

    गोपाल नारायणको नेतृत्वमा नेराकस(निजामती)को शिक्षा विभागीय कार्यसमिति पुनर्गठन

    नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) को शिक्षा विभागीय कार्यसमिति पुनर्गठन गरिएको छ । निवर्तमान अध्यक्ष...

    मंगलवार बेलुकी गठबन्धनको बैठक बस्ने, मन्त्रिपरिषद् विस्तार गर्न छलफल गरिने

    मंगलबार सत्तारुढ गठबन्धनको बैठक बस्ने भएको छ । मन्त्रिपरिषद् विस्तारका लागि छलफल गर्न मंगलबार अपरान्ह...

    हस्तलिखित भित्रेपात्रोमार्फत नेपाल चिनाउँदै

    १९ भाषामा प्रकाशित मित्रवनको गुफा नामको बालउपन्यासका लेखक तथा चित्रकार धीरजनाथ अमात्य अद्वितीय छन् ।...