News Portal

  • प्रेस स्वतन्त्रता पुँजीपतिहरुको नियन्त्रणमा रहेको प्रजापतिको जिकिर

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २६ माघ २०७९
    ३६९ पटक
     भक्तपुर, २६ माघ २०७९

    भक्तपुर नगरपालिकाका प्रमुख एवम् तेह्रौं नगरसभाका सभाअध्यक्ष सुनिल प्रजापतिले पुँजीवादी व्यवस्थामा प्रेस स्वतन्त्रता पुँजीपतिहरुको नियन्त्रण हुने बताएका छन् । बिहीबार बसेको नगरसभाको बैठकमा उनले यस्तो बताएका हुन् । उनले प्रेस स्वतन्त्रता पूँजीपतिहरुको नियन्त्रणमा रहेको जिकिर गर्दै प्रेस जनताको हुन समाजवादमा मात्र सम्भव हुने बताए ।

    सरकारलाई स्वेच्छाचारी हुनबाट रोक्न संसदमा बलियो प्रतिपक्षको आवश्यकता रहने मा जोड दिंदै उनले प्रधानमन्त्रीलाई विश्वासको मत दिने राजनीतिक दल प्रमुख प्रतिपक्षी दल हुन नसक्नेमा जोड  दिए । ऐनअनुसार नेपाल मजदुर किसान पार्टीलाई प्रमुख विपक्षी दलको जिम्मेवारी दिइनुपर्ने उनको भनाइ छ ।

    प्रमुख प्रजापतिले नागरिकताको माध्यमबाट सत्ता कब्जा गर्ने र राज्य सत्ता सञ्चालन गर्ने नीतिअनुरुप नागरिकता विधेयक अगाडि सारिएको बताएका छन् ।

    सभाको विशेष समयमा सभासद्हरु श्यामसुन्दर मातां, सूर्यप्रसाद श्रेष्ठ, रामसुन्दर बासी, इन्द्रबहादुर प्याथ, कल्पना शिल्पकार, मन्जु लाखा, तारादेवी शाक्य, कृष्णगोपाल चौगुठी, कृष्णनारायण दुमरु, राजकुमार शिल्पकार, पुरुषोत्तम तमखू, नारायणप्रसाद त्वानाबासु, जितेन्द्र मुनंकर्मी र गोविन्द दुवालले २०७९ माघ २८ र २९ गते बारामा हुने नेक्राकिसंघको तेस्रो राष्ट्रिय सम्मेलन पूर्ण सफलताको कामना गर्दै तराईमा वास्तविक किसानहरुले मोहियानी हक नपाइरहेको अवस्था कायम रहेको, रसायनिक मल सहज उपलब्धताको लागि ध्यानाकर्षण, नागरिकता विधेयक खारेज गर्नुपर्ने, पर्यटक प्रवेश गर्ने मुख्य मुख्य नाकाहरुमा सीसी क्यामराको व्यवस्था गर्नुपर्नेलगायतको धारणा राखे ।

    सभामा नगरको विकास निर्माण, कृषि, सहकारीलगायतको विषयमा उठेका जिज्ञासामाथि सहकारी समितिका संयोजक हरिप्रसाद बासुकला, कृषि समितिका संयोजक राजकृष्ण गोरा र निर्माण समितिका संयोजक उकेश कवांले प्रष्ट पारेका छन् ।

    नगर प्रमुख प्रजापतिको अनुमतिमा विधायन समितिका संयोजक हरिराम सुवालले भक्तपुर नगरपालिका (नगर कार्यपालिका तथा समिति) को बैठक सञ्चालनसम्बन्धी कार्यविधि, २०७९ छलफलको लागि सभामा प्रस्तुत गरे । नगरसभाको अर्को बैठक फागुन २६ गते दिनको १ बजे बस्नेगरी आजको बैठक सकिएको उनले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...