News Portal

  • भक्तपुरकी नेतृ कपाली माओवादी केन्द्रको बैकल्पिक केन्द्रीय सदस्य

    निशा कुस्मा / भक्तपुर पोस्टभक्तपुर, २६ माघ २०७९
    ७८४ पटक
    भक्तपुर, २६ माघ २०७९

    सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले भक्तपुरकी नेतृ उमा कपालीलाई बैकल्पिक केन्द्रीय सदस्य बनाएको छ । पार्टीको बागमती प्रदेश समिति सदस्य रहेकी कपालीलाई बैकल्पिक केन्द्रीय सदस्यको जिम्मेवारी दिइएको हो ।

    माओवादी केन्द्रका भक्तपुर इन्चार्ज दिलिप प्रजापति भीष्म ले कपाली बैकल्पिक केन्द्रीय सदस्य मनोनीत भएकी पुष्टि गरेका छन् । पार्टीको पदाधिकारी र स्थायी समिति बैठकले बैकल्पिक केन्द्रीय समिति बनाउदै २ सय २ जनालाई जिम्मेवारी दिनेक्रममा भक्तपुरकी कपाली पनि उक्त समितिमा परेकी बताइएको छ ।

    भक्तपुर नगर इन्चार्ज समेत रहेकी कपाली माओवादी केन्द्रको जनयुद्धकालीन नेतृ हुन् । पहिलो संविधान सभामा उनी संविधान सभा सदस्य समेत रहेकी थिइन् । उनी जिल्ला संयोजक सुनिल गोठेकी पत्नी पनि हुन् ।

    पछिल्लो निर्णय अनुसार माओवादी केन्द्रमा पदाधिकारी संख्या २२ रहेको छ । उपमहासचिव रहेका पम्फा भुसाल र अग्निप्रसाद सापकोटा उपाध्यक्षमा पदोन्नति भएका छन् । स्थायी समिति ४४ जनाको बनेको छ भने केन्द्रीय समिति ३ सय ८६ जना र बैकल्पिक केन्द्रीय समिति २ सय २ जना थप गरि ५ सय ८८ सदस्यीय बनेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...