News Portal

  • जनयुद्ध दिवसमा बागमती प्रदेश सरकारले सार्वजनिक बिदा दिने

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, २६ माघ २०७९
    ७२१ पटक
    bidaभक्तपुर, २६ माघ २०७९

    वागमती प्रदेश सरकारले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिएको छ । जनयुद्ध दिवसका दिन फागुन १ गते सार्वजनिक बिदा दिइएको हो ।

    मन्त्रिपषिद्को बैठकले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिने सर्वसम्मत निर्णय गरेसंगै प्रदेश सरकारले एक सूचना जारी गर्दै फागुन १ गते प्रदेशभरी सार्वजनिक बिदा दिने घोषणा गरेको मुख्यमन्त्री शालिकराम जमरकट्टेलका प्रमुख राजनीतिक सल्लाहकार डिपी ढकालले जानकारी दिए । आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता अनुशील सापकोटाले सो सम्बन्धमा बिहीबार एक सार्वजनिक सूचना समेत जारी गरिसकेका छन् ।                          वर्तमान राजनीतिक ब्यवस्था र परिवर्तनमा तत्कालीन नेकपा माओवादीले जनतालाई गोलबन्द गरि गरेको जनयुद्धको भूमिकालाई सम्मान गर्दै जनयुद्ध दिवसका अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा घोषणा गरेको बताइएको छ । यसले इतिहासको संरक्षण गर्न र जनयुद्धको महत्व नयाँ पुस्तालाई बुझाउन मद्दत मिल्ने प्रदेश सरकारले बिश्वास लिएको प्रमुख राजनीतिक सल्लाहकार ढकालले बताए ।                              तत्कालीन नेकपा(माओवादी) को नेतृत्वमा सामन्ती राजतन्त्रात ्मक एकात्मक राज्य सत्ता बिरुद्ध जनताको शासन स्थापना गर्ने उदेश्यले २०५२ फागुन १ गते जनयुद्धको घोषणा गरिएको दिनलाई जनयुद्ध दिवसको रुपमा मनाइदै आएको छ । नेपालमा १० वर्ष सम्म चलेको जनयुद्धका सुप्रीम कमान्डर रहेका प्रचण्ड हाल देशका प्रधानमन्त्री रहेका छन् । जनयुद्धको कारण देशमा राजनीतिक ब्यवस्था बदलिएर संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना सम्भव भएको छ । देशमा  नयाँ संविधान संगै थुप्रै सकारात्मक परिवर्तन आएका छन् र हिजो पछाडि पारिएका वर्ग, लिङ्ग, क्षेत्र र समुदायले बिबिध क्षेत्रमा आरक्षण र अवसर प्राप्त गर्न सफल भएका छन् ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...