News Portal

  • माओवादीका प्रदेश समन्वय समिति बैठक आजबाट सुरु

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २७ माघ २०७९
    २८६ पटक
    भक्तपुर, २७ माघ २०७९

    प्रमुख सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले आजबाट संगठन सुदृढीकरणका लागि प्रदेश समन्वय समितिका बैठक गर्दैछ । बिहीबार साँझ भर्चुअल माध्यमबाट केन्द्रीय कार्यसमिति बैठक सम्पन्न गरे लगत्तै आजबाट प्रदेश समन्वय समितिको बैठक सुरु गर्न लागेको हो ।

    सबै प्रदेशमा समन्वय बैठक आगामी ५ फागुनसम्ममा सक्नेगरी आजबाट सुरु गर्न लागिएको माओवादीले जनाएको छ । समन्वय समिति बैठकबारे माओवादीले सम्वन्धित प्रदेश समन्वय समितिलाई पत्रचार गरिसकेको छ ।

    माओवादी केन्द्रीय कार्यालयका अनुसार आज शुक्रबार प्रदेश १ र बागमती प्रदेशमा प्रदेश समन्वय समिति बैठक बस्नेछन् । मधेश प्रदेश माघ २८ गते शनिबार, गण्डकी प्रदेश माघ २९ गते आइतबार समन्वय समिति बैठक बस्नेछ ।

    फागुन एक गते जनयुद्ध दिवस मनाउननका लागि बैठक राखिएको छैन ।

    लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेश फागुन २ गते, कर्णाली प्रदेश र प्रवास प्रदेशमा फागुन ३ गते र उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेशमा फागुन ५ गते बैठक बस्ने माओवादीले कार्यतालिका बनाएको छ ।

    बेठकमा वर्तमान राजनीतिक अवस्था, संगठन सुदृढीकरणलगायत विषयमा छलफल हुनेछ ।

     

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...