News Portal

  • कोभिड–१९ र डेंगुलाई देखाएर पन्छिने अवस्था छैन : राष्ट्रपति भण्डारी

    भक्तपुर, २७ माघ २०७९
    २९८ पटक
    भक्तपुर, २७ माघ २०७९

    राष्ट्रपति विद्यादेवी भण्डारीले देशको अर्थतन्त्र प्रति चिन्ता व्यक्त गर्दै अर्थतन्त्रको सुदृढीकरणका लागि गम्भीर पाइला चाल्नुपर्ने आवश्यकात औल्याएकी छन् । शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले अल्पकालीन र दीर्घकालीन समाधान खोज्न आग्रह गरिन ।

    तत्काल अर्थतन्त्रका सूचकमा सुधार देखिएको भएतापनि भरपर्दो नभएको उनको भनाइ छ । यस विषयमा सबै जानकार रहेको जिकिर गर्दै उनले उत्पादन क्षेत्रमा गम्भीर बन्नुपर्ने बताइन ।

    उहाँले बढ्दै गएको व्यापार घाटालाई कम गर्न उत्पादन क्षेत्रमा गम्भीर बन्नुपर्नेमा उनले जोड दिएकी हुन् । ”कोभिड–१९ र डेंगुलाई देखाएर पन्छिने अवस्था छैन।’’ उनले भनिन ।

    पुँजीगत बजेट खर्च नहुँदा पुँजी निर्माणमा बाधा हुने गरेको उल्लेख गर्दै उनले यसतर्फ ध्यानाकर्षण गराइन । लक्ष्य अनुसार राजस्व सङ्कलन गर्न सरकारलाई निर्देशन दिदै उनले लक्ष्य अनुसारको राजस्व सङ्कलन नहुनु र वैदेशिक सहायता परिचालनमा कमी आउँदा खर्च धान्न गाह्रो भएको भनेकी छन् । मुद्रा तरलता अभावको स्थितिमा ब्याजदर बढ्न गएर लागत अनुमान बढ्दा उद्योगी व्यवसायीसंगै आम उपभोक्तालाई असर पर्ने देखिएकाले यसको समाधानको उपाय खोज्नपर्नेमा उनले जोड दिएकी छन् ।

    व्यापारघाटा तत्काल कम गर्न कठिन रहेपनि निर्यात प्रवर्द्धनका ठोस पहल गर्नुपर्ने उनले प्रष्ट पारिन । आन्तरिक उत्पादन बढाउन उनले आग्रह गरेकी छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...