News Portal

  • सांसद दुर्लभ थापाले बोलाए कार्यालय प्रमुखको भेला

    भक्तपुर, २७ माघ २०७९
    ५३९ पटक
    भक्तपुर, २७ माघ २०७९

    नेपाली काँग्रेसका जिल्ला सभापति समेत रहेका भक्तपुर-२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले जिल्लाका सबै कार्यालय प्रमुखको भेला गराएका छन् । शुक्रवार उनले सूर्यविनायकको गपलीस्थित एक आलिशान होटलमा कार्यालय प्रमुखको भेला गराएका हुन् ।

    सांसद थापाको सचिवालयले कुनै बिशेष भेला नभई परिचयात्मक कार्यक्रम गरिएको र जिल्लास्थित कार्यालयका काम कारवाही र बिकास निर्माण बारे सांसद थापाले चासो लिएको जिकिर गरेको छ ।

    उक्त अवसरमा बागमती प्रदेशका सांसद एवं नेकपा(माओवादी केन्द्र) का केन्द्रीय सदस्य देवेन्द्र श्रेष्ठ, सूर्यविनायक नगरका प्रमुख बासुदेव थापा, मध्यपुर थिमीका प्रमुख सुरेन्द्र श्रेष्ठ र चाँगुनारायणका प्रमुख जीवन खत्री लगायतको उपस्थिति रहेको बताइएको छ ।

    उक्त अवसरमा सांसद थापाले आफू पैसा कमाउन राजनीतिमा नआएको स्पष्ट पार्दै चन्दा दिएर खुशी पार्न नसक्ने चेतावनी दिंदै जनताको हितलाई केन्द्रमा राखेर काम गर्ने कर्मचारीलाई सक्दो सहयोग गर्ने बताएका एक सहभागीले जानकारी दिए । उनले आफूलाई जनताले सेवकको रुपमा प्रतिनिधि चुनेकोले जनताको सेवामा सहयोग गर्न आग्रह गरेका थिए । त्यसैगरी प्रदेश सांसद देवेन्द्र श्रेष्ठले जिल्ला विकास योजना पारदर्शी र जनमुखी हुनुपर्नेमा जोड दिनुका साथै दैनिकी संग जोडिएका सेवा प्रदायक कार्यालयले सेवामा गर्ने ढिलासुस्ती र बेइमानीले जनप्रतिनिधि र सरकारकै बदनामी हुने भन्दै सजग गराए ।

    उक्त अवसरमा भक्तपुरमा नयाँ कार्यभार सम्हालेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको नेतृत्वमा रहेका कार्यालय प्रमुखहरुले जनता र जनप्रतिनिधिको भावना अनुरुप काम गर्ने प्रतिवद्धता प्रकट गरेका बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...