News Portal

  • भक्तपुर अस्पतालमा सुविधासम्पन्न हाइकेयर एम्बुलेन्स सेवा शुरू

    राजेशमान मानन्धर / भक्तपुरपोस्ट भक्तपुर, २८ माघ २०७९
    ७५२ पटक
    भक्तपुर, २८ माघ २०७९

    भक्तपुर अस्पतालमा सुविधा सम्पन्न एम्बुलेन्स सेवा शुरु भएको छ । अस्पतालले उच्च हेरचाह युक्त बेसिक लाइफ सपोर्ट एम्बुलेन्स सेवा शुरु गरेको हो ।

    भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेण्डेण्ट डा सुमित्रा गौतमले आपतकालीन अवस्थाका बिरामीलाई अस्पताल सम्म ल्याउन सहायता पुर्याउने प्राय सबै सामाग्रीयुक्त एम्बुलेन्स सेवा शुरु गरिएको बताइन । बागमती प्रदेश सरकारले केही दिन अघि अस्पताललाई उक्त एम्बुलेन्स उपलब्ध गराएको थियो । सुमो जीपलाई एम्बुलेन्सको रुप दिई संचालन गरिंदै आएकामा प्रदेश सरकारले सुविधा सम्पन्न एम्बुलेन्स प्रदान गरेपछि बिरामीलाई राहत पुगेको डा गौतमले जनाएकी छन । भक्तपुर अस्पतालले सेवा शुरु गरेको एम्बुलेन्स ‘ख’ वर्गको एम्बुलेन्स भएको बताइएको छ । यस्ता एम्बुलेन्स प्रदेशमै सीमित मात्रामा मात्र रहेको अस्पतालका सूचना अधिकारी गोबिन्द पुडासैनीले जिकिर गरेका छन् ।

    एम्बुलेन्स सेवा लिनका लागि एम्बुलेन्स चालक रामभक्त बन्मालालाई सोझै सम्पर्क गर्न सकिने सूचना अधिकारी पुडासैनीले बताए । चालकको मोबाइल नम्बर ९८४०२५६३५० वा अस्पतालको टेलीफोन नम्बर ६६१०६७६  मा सम्पर्क गरी सेवालिन सकिने उनले बताएका छन् ।

    दैनिक औषत ७ सय नयाँ बिरामीलाई सेवा पुर्याउदै आएको भक्तपुर अस्पताल बागमती प्रदेश सरकार मातहत रहेको जिल्लाकै एक मात्र अस्पताल हो । केही वर्ष अघि सम्म रिफर सेन्टरका रुपमा बद्नाम यो सरकारी अस्पतालमा प्रशासनिक नेतृत्व गर्न डा सुमित्रा गौतम आएपछि एकाएक सुधार हुँदै आएको देखिन्छ । भक्तपुर अस्पतालले स्थापना र संचालनको इतिहासमै ठूलो विकाश गरेको छ । अस्पताल संचालनको ११६ वर्षपछि भक्तपुर अस्पताल आइसीयु सेवा दिन समेत सफल भएको छ । दर्जन भेन्टिलेटरसहित आइसीयु र एचडीयु सेवा संचालन गर्न सफल भएपछि अस्पतालको साख ह्वात्तै बढेको मात्र छैन ल्याप्रोस्कोपी सर्जरीको सुरुवात, योग्य चिकित्सकको नियुक्ति र मुटुरोग, अल्जाइमर्स, मनोरोग जस्ता रोगीहरुका लागि पनि अस्पतालले उत्कृष्ट सेवा दिंदै आएको छ ।

    बागमती प्रदेशकै सर्वोत्कृष्ट अस्पताल घोषित भई प्रदेश सरकार बाट पुरस्कृत समेत भईसकेको यस अस्पतालमा पछिल्लो समय बिरामीको बिश्वास बढ्दै गएको स्थानीय जनप्रतिनिधि बताउछन् । केही वर्ष अघि सम्म रिफर सेन्टरका रुपमा बद्नाम अस्पताल अहिले स्थानीयको मात्र नभई छिमेकी जिल्लाका बिरामीकोसमेत रोजाइको केन्द्र बन्न पुगेको वडाध्यक्ष श्याम कृष्ण खत्री बताउछन । एम्बुलेन्स सेवाले बिरामीलाई भक्तपुर अस्पताल आउन थप सहज हुने अस्पतालले बिश्वास व्यक्त गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...