News Portal

  • काठमाडौं उपत्यकाले माओवादीलाई माया गर्दैन भन्नु गलत विश्लेषण : अध्यक्ष सहयात्री

    बाबुराम दाहाल / भक्तपुर पोस्ट भक्तपुर, २८ माघ २०७९
    ४३० पटक
    भक्तपुर, २८ माघ २०७९

    नेकपा(माओवादी केन्द्र)का बागमती प्रदेश समितिका अध्यक्ष एवं बागमती प्रदेश सांसद सरल सहयात्री पौडेलले काठमाडौं उपत्यकाले माओवादीलाई माया गर्दैन भन्नु गलत विश्लेषण हुने प्रष्ट पारेका छन् । उपत्यकामा चुनाव हार्दैमा बिचलित हुनु नहुनु भन्दै उनले यसलाई पार्टीले सच्चिने अवसरको रुपमा सदुपयोग गर्नुपर्ने प्रष्ट पारेका हुन् ।

    शनिवार पार्टीको शुभेच्छुक पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपालको उपत्यका प्रदेश समितिको बैठकलाई भक्तपुरको लोकन्थलीमा सम्बोधन गर्दै अध्यक्ष पौडेलले पहिलो निर्वाचनमा माओवादीलाई खोजीखोजी उपत्यकाबासीले निर्वाचित गराएको कुरा भुल्न नहुने बताए । संविधान सभाको निर्वाचनमा वर्गबारे खुलेरै व्याख्या गर्दापनि उपत्यकाबासीले चुनाव चिह्न खोजीखोजी सर्वाधिक मत दिएका भन्दै उपत्यकाबासीले माओवादीलाई मन नपराउने वा चुनाव चिह्न मन नपराउने भन्ने विश्लेषण हावादारी हुने उनले जिकिर गरे । पार्टीले उपत्यकाको कतिपय सामाजिक एजेन्डा पक्रन नसक्दा र कतिपय प्रचार गर्न नसक्दा चुनावी परिणाम आफ्नो पोल्टामा पार्न नसकेको उनको निष्कर्ष रहेको छ ।

    सामाजिक एजेन्डा जनताको मूल विषय भएको भन्दै उनले सामाजमा व्याप्त कुरीति, बिकृती,विसंगती, अन्याय,अत्याचार, महंगी र भ्रष्टाचार जस्ता विषयमा अभियान चलाउनुपर्ने आवश्यकता औल्याए । प्रेस सेन्टरले समाचारमार्फत सामाजिक एजेन्डा दिनुपर्नेमा जोड दिदै अध्यक्ष पौडेलले पार्टीले समुन्नत समाज निर्माणमा चालेका कदमहरु र पाएका परिणामहरुको प्रचारप्रसार गर्नुपर्ने आवश्यकता औल्याए । बिपक्षी र विरोधीले जनतामा पार्टी प्रति भ्रम छर्न सफल भएका र आफूहरुले त्यो भ्रम चिर्न नसक्दा जनता भ्रमित भईरहेका उनको भनाइ छ ।

    पार्टीले गरेका राम्रा कामको पनि जस लिन नसकिएको प्रति गुनासो गर्दै अध्यक्ष पौडेलले काठमाडौं उपत्यकामा जनता सम्म आफ्ना कुरा सुनाउन उपयुक्त माध्यमको बिकासमा प्रेस सेन्टरले सहयोग गर्नुपर्ने सुझाव समेत दिएका छन् । उपत्यकाका जनता सामाजिक संजालका सूचनामा केन्द्रीत हुँदा त्यसको श्रोतमा विपक्षीले कब्जा जमाएको उनले खुलासा गरे । प्रेस सेन्टरले पार्टीले गरेका काम जनतासम्म पुर्याइदिने हो भने जनतालाई माओवादी केन्द्रलाई माया गरिरहन बाट कसैले रोक्न नसक्ने उनले ठोकुवा गरेका छन ।

    उक्त अवसरमा अध्यक्ष पौडेलले समसामयिक राजनीतिबारे प्रशिक्षण समेत प्रदान गरेका थिए ।

    प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष विष्णु सापकोटा जुगलको प्रमुख आतिथ्यता, नेकपा(माओवादी केन्द्र)का बागमती प्रदेश अध्यक्ष  सरल सहयात्री पौडेल तथा मध्यपुर थिमीका उपमेयर विजय कृष्ण श्रेष्ठको विशेष आतिथ्यता र प्रेस सेन्टर प्रदेश अध्यक्ष नवराज दाहालको अध्यक्षतामा सम्पन्न बैठकले संगठन सुदृढीकरण र भावी कार्ययोजना तय गरेको उपत्यका प्रदेशकी महासचिव रोजिना थापाले जनाएकी छन् । उक्त अवसरमा उपत्यका प्रदेश इन्चार्ज निर्मल ज्ञवाली, बागमती प्रदेश इन्चार्ज लक्ष्मण खड्का, उपाध्यक्ष गङ्गा बराल लगायतले संगठनलाई मार्गनिर्देश गरेका थिए । लोकन्थलीको इन्द्रशान पार्टी प्यालेसमा बसेको उक्त बैठकलाई प्रेस सेन्टर भक्तपुरले व्यवस्थापन एवं भक्तपुर अध्यक्ष संजीप घिमिरे शुभचिन्तकले स्वागत गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...