News Portal

  • ब्लड डोनर्स एशोसियशन भक्तपुरको नेतृत्वमा रुकेश रंजित

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २८ माघ २०७९
    ७३८ पटक
    भक्तपुर, २८ माघ २०७९

    ब्लड डोनर्स एशोसियशन नेपाल भक्तपुर शाखामा रुकेश रंजितको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । शनिवार सम्पन्न ५ औं अधिवेशन बाट नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।

    उपाध्यक्षमा निर्मला सुवाल, सचिव सोहन रंजित, सह-सचिव सोम प्रधान र कोषाध्यक्ष सृजना कोजु निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरुमा पशुपतिमान थकु, कृष्ण सुन्दर दुवाल, नरेश बासुकला, तुल्सिनारायण डण्डेख्या, मिलन कार्की, अनिल कुमार न्यौपाने, संजिव प्रजापति, राजेश्वरी शिल्पकार र उत्तम श्रेष्ठ निर्वाचित भएका बताइएको छ ।

    शाखाको ११ बार्षिक साधारणसभा तथा ५ औं अधिवेशन संस्थाका अध्यक्ष शिवकुमार त्वयनाको सभापतित्व एवं केन्द्रीय अध्यक्ष सानुबाबु प्रजापतिको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

    उद्घाटन कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय अध्यक्ष प्रजापतिले २०२३ सालमा स्थापित रेडक्रमको अभिन्न अंगको रुपमा २०४६ सालमा स्थापना भएको ब्लड डोनर्स एशोसियशनले काम गरेको उल्लेख गर्दै विरामीको लागि रगत आवश्यक परेमा मानिसको रगतको विकल्प नभएकोले स्वस्थ रगतको लागि स्वस्थ युवाले रक्तदान गर्नुपर्ने बताए । रगत आवश्यक पर्ने विरामीलाई रगत विना सोधभर्ना र निशुल्क रगत उपलब्ध गर्न विभिन्न निकायसंग छलफल गरिरहेको र भक्तपुर जिल्लाका चार वटै नगरपालिकाले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाद्दारा संचालित ब्लड बैक संग नि शुल्क रगत उपलब्ध गराउन सम्झौता गरेको अत्यन्तै सह्रनिय कार्य भएको उनले बताए ।

    ब्लोदानले रगतको क्षेत्रमा विभिन्न संस्थालाई रक्तदान कार्यक्रम आयोजना गर्न उत्प्रेरणा गरि रक्त संकलनमा योगदान पुर्‍याइरहेको उनको भनाइ थियो ।

    कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाका पूर्व सभापति कृष्ण प्रसाद अवाल, नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाका कृष्णश्वरी हाडा, ब्लोदान भक्तपुरका उपाध्यक्ष निर्मला सुवाल लगाएतले रक्तदान गर्न युवाहरुलाई उत्प्रेरित गर्नु पर्नेमा जोड दिएका थिए ।

    अधिवेशनले सचिव रुकेश रंजित कोषाध्यक्ष सृजना कोजुले प्रस्तुत गर्नु भएको प्रतिवेदन पारित गरेको थियो ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...